कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई चार भागमा बाँडियाे

  •  
  •  
  •  
  •  
  •  
  •  

रकारले काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई चार भागमा बर्गीकरण गरेको छ । कालिमाटी बजारमा तरकारीको पसल सञ्चालन गर्दैआएका व्यापारीको आचरणको आधारमा रातो, निलो, पहेलो र सेतो सूचीमा सूचीकृत गरी वर्गीकरण गरिएको छ ।

बजारमा नियमित नआउने, कारोवारमा संलग्न नहुने, विदेशमा बसेर अरुलाई नै व्यवसाय गर्न लगाउने र अन्य व्यक्तिलाई अत्याधिक मूल्यमा भाडामा पसल दिने व्यवसायीले रातो सूचीमा राखिएको छ । त्यस्तै, बजारमा कहिलेकाँही उपस्थित हुने र आफन्तबाट बजार सञ्चालन गर्ने व्यवसायी निलो बर्गमा परेका छन् भने व्यवसायी आफै उपस्थित भएर पनि अरुसहित राखेर कारोवार गर्ने व्यवसायीले पहेँलो स्टिकर पाएका छन् ।

सरकारको नीति नियम पालन गर्ने व्यवसायीलाई पनि भने सेतो स्टिकर प्रदान गरिएको छ । रातो पाउनेमा ९९, निलो पाउनेमा १३१, पहेँलो २०९ र सेतो १५९ व्यवसायी छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा ठूलो बेतिथि रहेको तथा विचौलियाहरुको बिगबिगी रहेको गुनासोपछि कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले अनुगमन गर्दै त्यहाँभित्र हुने अनियमितताविरुद्ध एक्सन लिएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!