किसानले फालिदिए बिक्रीमा राखेको टमाटर, डेढ लाख बढीको क्षति

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन:

चितवनका किसानहरुले भरतपुरको क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी बजारमा गएर व्यवसायीले भारतीय टमाटर मगाएर यहाँको उत्पादनले बजार नपाएको भन्दै केही ब्यपाारीले बिक्रीमा राखेको टमाटर बाटोमा पोखिदिएका छन् ।

केहि दिन अगाडी महानगरपालिका स्थित फलफूल तथा तरकारी व्यवसायी सँघ र चितवन जिल्लामा व्यवसायिक तरकारी खेती गरिरहेका किसानहरु विषेश गरि टमाटर खेति गरिरहेका किसानहरको बिचमा चितवन जिल्लामा उत्पादन भएका टमाटरले बजार नपाएको गुनासो आएपछी एक छलफल भएको थियो । बजारमा दैनिक २५०० क्रेट माग रहेको र चितवनको उत्पादन दैनिक ५०० क्रेट मात्रै भएको हुनाले बजारको मागलाइ धान्न सक्दैन त्यसैले बजार आकासिने सम्भावना हुने र चितवन जिल्ला र आसपासका ब्यवसायी अन्य जिल्लामा विकल्प खोज्न जाने र यहाँको बजार सँकटमा पर्ने परिपाटी सुरु हुने फलफूल तथा तरकारी व्यवसायी सँघका अध्यक्ष थिरप्रसाद धितालले चिन्ता ब्यतm गर्नुभयो । उहाँले केहि दिनका लागी हामिले भारतिय टमाटर मगाएनौ र ५० दखी ६० रुपैयामा बिक्री भयो तर बाहिरी जिल्ला गोरखा, लमजुङ्ग, कास्की बाट आउने माग घट्यो । यसकारण ब्यबसायिक मन्दी हुने देखिएपछि हामिले किसानहरुलाइ जानकारी गरायौँ र त्यसपछि किसानहरुसँग छलफल गरेर भारतिय दैनिक ८०० क्रेट टमाटर मगाउने र यहाँको उत्पादनलाई प्राथमिकता दिने कुरा भएको बताउनुभयो ।

हिजो करिब ४०० देखी ५०० क्रेट टमाटर भारतबाट आएको थियो । तर किसानहरु आएर करिब २०० क्रेट क्षति हुनेगरि बाटोमा फलिदिएको र त्यसबाट डेढ लाख बढीको क्षति भएको एक व्यवसायीले जानकारी दिए । क्षतिपछी कसानका प्रतिनिधी र ब्यबसायीहरुसँग छलफल हुँदा किसानले माफि मागेर चितवन महोत्सब पछि बाकी छलफल गर्ने गरि हिजोको बैठक सकिएको हो । व्यवसयीहरुले यो बजारलाइ किसानमैत्री, व्यवसायिमैत्री र उपभोतmामैत्री बजार बनाउनुपर्छ भनिरहदा किसानहरुले आक्रमक शैलीमा गरेको कामप्रती तरकारी तथा फलफुल व्यवसायी सँगको खेद रहेको फलफूल तथा तरकारी व्यवसायी सँघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिनुभयो ।

चितवन जिल्ला ताजा तरकारी सहकारी सँघका सचिब रामचन्द« रेग्मीको नेतृत्वमा टमाटर फालिएको र व्वसायीलाइ पनि हातपात गरेको एक पिडित व्यवसायीले जानकारी दिनुभयो । तर चितवन जिल्ला ताजा तरकारी सहकारी सँघका सचिब रामचन्द« रेग्मीले अहिले चितवनमा १३० बिघा भन्दा बढी क्षेत्रफलमा टमाटर खेती गरिएको र दैनिक ६० टनभन्दा बढी उत्पादन भएको साथै उत्पादनले यहाँको बजार धान्ने भएपनि ब्यबसायिहरुले भारतबाट ल्याएकोले यहाँको उत्पादनले बजार नपाउने भएपछी किसानहरु आक्र्रोसमा आएर टमाटर फालिदिएको बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!