कृषिप्रधान देशमा एक सातामा डेढ करोडको गुलाव भारतबाट ल्याइयो

  • 840
  •  
  •  
  •  
  •  
  •  
    840
    Shares

काठमाडौं । प्रेम दिवसका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । फ्लोरीकल्चर एसोसिएसनका अनुसार फेबु्रअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको छ ।

प्रेममा रम्ने र रमाउनेका लागि मुख्य रोजाइमा पर्ने फेबु्रअरी १४ अर्थात प्रेम दिवसको प्रभाव पछिल्लो समय नेपालमा पनि पर्न थालेको छ । नेपालमा प्रेम दिवसको अवसरमा मात्र २ लाख स्टिक फुल खपत हुने अनुमान गरिएको छ । नेपालमा चाँडपर्व बाहेकको सामान्य दिनमा प्रतिदिन सरदर ८ हजार स्टिम गुलाव फुलको माग रहने गरेको छ । नेपालमा वर्षभरी करिव १ करोड ६० लाख स्टिम गुलाब खपत हुन्छ । यो मध्य २५ प्रतिशत गुलाव मात्र नेपालमा उत्पादन हुने तथ्याङकले देखाउने गरेको छ । ७५ प्रतिशत गुलाव भारतबाट आयात हुन्छ ।


  • 840
  •  
  •  
  •  
  •  
  •  
    840
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here