‘कृषि अनुसन्धानले भत्काउने काम मात्र गर्यो’

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले अनुसन्धान कृषकको माझ नपुगेको भन्दै कृषि अनुसन्धान परिषद् नार्कप्रति असन्तुष्टि जनाउनु भएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगति समीक्षामा मन्त्री खनालले नार्कको प्रगति ५ प्रतिशत मात्र सन्तुष्ट रहेको बतउनु भयो ।

उहाँले नार्कलाई कार्यशैली परिवर्तन गर्न समेत निर्देशन दिनुभयो ।‘नार्कका कर्मचारीप्रति मेरो कुनै गुनासो छैन, तर तपाईहरुको कार्यशैली बाट म सन्तुष्ट छैन’ उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रको अनुसन्धानले लक्ष्य अनुसारको उपलब्धी दिन सकेन । प्राप्त बजेट नभएर हो कि, भिजन नभएर ? केन्द्रले बनाउने भन्दा भत्काउने काम गर्यो ।’

अनुसन्धान केन्द्र किसानसँग नजोडिएको मन्त्री खनालको भनाई छ ।उहाँले जथाभावी बाली लगाएर अनुदान माग्ने कार्य मात्र भइरहेको उल्लेख गर्दै त्यसलाई परिर्वतन गर्न सुझाव दिनुभयो

यसैबीच बाँकेको खजुरामा रेन आउट सेल्टर सञ्चालनमा ल्याइएको छ । घाम पानीबाट विउलाई बचाउने प्रविधि रेन आउटको मन्त्री खनालले उद्घाटन गर्नुभयो । ६६ लाख रुपैयाँ लगानीमा प्रविधि प्रयोगमा ल्याइएको हो । जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा त्यस्तो प्रविधि प्रयोग गरिएको छ ।

error: Content is protected !!