कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा आगजनी

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विद्यार्र्थीहरुले आगजनी गरेका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मुल गेट र परिक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट परिक्षा नियन्त्रण कार्यालयको तल्लो तलामा क्षति पुगेको छ । कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरुले टायरसमेत लगरे कार्यालयभित्रै बालेका थिए । प्रहरी र विश्वविद्यालय सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । उनीहरुले विश्वविद्यालयका झयालका सिसा समेत फुटाएर क्षति गरेका छन्। आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको विश्वविद्यालयले जनाएको छ ।

दुई बर्षअघि मात्रैं सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी गरिएको हो । नीजि कलेजलाई दिइएको सम्वन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले विश्वविद्यालयको होस्टलमा बसेर आगजनीको योजना बनाएको प्रहरीले जनाएको छ । आगजनी गरेको आरोपमा प्रहरीले प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको थियो । ती मध्ये दुई जनालाई छाडिएको छ ।

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, ज्ञानेन्द्र राई, अरुण चपाई, किरणा रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारी पक्राउ परेका थिए । उनीहरु माथि अनुसन्धान भैरहेको चितवनका प्रहरी प्रमुख एसपी शुलिश सिंह राठौंरले बताउनुभयो । दोषी अन्यको पनि खोजी भैरहेको छ । उनीहरुलाई पनि पक्राउ गरि आवश्यक अनुसन्धान थालिने एसपी राठौरको भनाई छ । सरकारी सम्पतीमा तोडफोड र आगजनी गरेको हुँदा सोही अनुसार कारर्वाही गरिने राठौरले बताउनुभयो ।सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका नाममा पनि विश्वविद्यालयमा पटकपटक तालावन्दी गरिएको छ । गएको असार २० गते विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले कृषिमा सात र वन विषयमा एक निजी क्याम्पसलाई सम्वन्धन दिने निर्णय गरेको थियो । सो निर्णय मन्त्री परिषद्को साउन १४ गते बसेको बैठकले खारेज गरेको छ । तर, मन्त्री परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले त्यो निर्णय कार्यन्वयन नगराउन गत असोज ९ गते आदेश गरेको छ ।

रिट उपर अन्तिम आदेश आउन बाँकी नै छ । आगामी पुस २६ गते यो रिटको पेशी तय भएको छ । विश्वविद्यालयले कात्तिक २० गते स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । सर्वोच्चको आदेश कार्यान्वयनका लागि भन्दै विश्वविद्यालयले भर्ना खोलेको पदाधिकारीहरुले जनाउँदै आएका छन् । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.मनराज कोलाक्षपतिले सर्वोच्चको अन्तरकालिन आदेश अनुसार भर्ना प्रकृया सुरु गरिएको बताउनुभयो । निर्णयअनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा तोकिएको छ । सर्वोच्चको आदेश र विश्वविद्यालयले भर्ना लिनसक्ने भन्दै विद्यार्थी संगठनहरुले गत भदौं २६ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका थिए ।

error: Content is protected !!