कृषि सामग्री वितरण

  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर- फिदिम नगरपालिकाले कृषकलाई १४ वटा मिनीटिलर वितरण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार ती मिनीटिलर वितरण गरिएको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिका कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिनुभयो ।

फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले कृषि उपज तथा सामग्रीमा कृषकलाई अनुदान र सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । मिनीटिलरसँगै ६५ कृषकलाई ७० वटा प्लास्टिक टनेल, डिजिटल तराजु १० वटा, प्लास्टिक क्यारेट २३५ वटा, मकैको बीउ चार टन तथा च्याउको बीउ दुई हजार पोका वितरण गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!