गोलभेडाको फलको गबारो कसरी ब्यबस्थापन गर्ने ?

गोलभेडाको फलको गबारोले चना, अरहर, लगायत थुप्रै बालीमा आक्रमण गर्दछ । यो किराले गोलभेडाको उत्पादन र गुणस्तरमा ६०% सम्म नोक्सानी गर्दछ । यस किराको बयस्क पुतली पराले रङ्गको हुन्छ ।

क्षतिको लक्षण: गर्मीमा कीराको सन्तान उत्पादन दर अत्याधिक हुनाले क्षति पनि धेरै हुन्छ । गोलभेडा बालीमा फुल लाग्न सुरुवात संगै वयस्क पोथी पुतलीले फूलको वरिपरी रहेका कलिला पातहरुमा अण्डाहरु प।र्दछन । अण्डा पारेको २-३ दिन भित्र साना साना मसिना लार्भे जन्मी चिचिला फलहरुमा आक्रमण गर्दछन । लार्भेहरुका रंग सानो छदा हल्का हरियो भई उमेर बढ्दै जादा यिनीहरुको रंग हल्का खैरो हुन्छ । लार्भेको साईज सानो देखि मध्यम आकारको (२-३ से.मी.) भई फलहरुमा प्वाल पारी फलको भित्री भागमा गुदी खाई नोक्शानी पुर्याउछ ।

ब्यवस्थापन बिधिः गवारोले नोक्शान गरेका फलहरु र सुकेका हागा एवं पातहरु संकलन गरी नष्ट गरिदिने ।
रातको समयमा १-२ वटा लाईट ट्रयाप प्रति रोपनीको दरले समान दूरीमा पर्ने गरी प्रयोग गर्ने ।

गोलभेडा बालीमा फूल फुल्न सुरु गरे पछि गवारोको वयस्क भाले पुतलीलाई आकर्षण गरी फसाउने हेली ल्यूर पासो प्रति रोपनी जग्गामा १-२ वटाको दरले बालीको उचाई भन्दा १ फिट माथि राखी
प्रयोग गर्ने । यो पासोले बयस्क पुतलीहरुलाई फन्दामा पारी कीराको ब्यावस्थापन गर्दछ ।

यसको अण्डाको परजीवी ट्राइकोग्रामा एक हेक्टरको लागि १० वटा टइकोकार्डको रुपमा प्रयोग गर्ने ।
यस कीराको ब्यावस्थापन गर्न बेलुकी पख फाईदाजनक भाईरस ( एन.पि.भि. ) १ मि.ली.को वा वी.टी (कुस्ताकी ३ ग्राम प्रति लिटर पानीका दरले घोली १० दिनको अन्तरमा २ पटक एकनाशले वोटमा छर्ने ।
क्लोरानट्रानिलीप्रोल १८.५ % एस सी ०.४ मिलि वा ल्याम्डासाइहिलोथिन ५ % इसी ०.५-१ मिलि वा नोभालुरन १० % इसी १ मिलि प्रति लिटर पानीको दरले प्रयोग गर्ने ।

error: Content is protected !!