जडिबुटीमा सरकारकाे ध्यान गएन

केही समय अगाडि भारतीय योगगुरु रामदेव बारा जिल्लामा सुरु गरिएको पतंञ्जलीको जडिबुटि उत्पादन गर्ने कम्पनी सुरु गर्न नेपाल आए । निकै तामझाम गरी गरिएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निकै उत्साहित त्यहाँ पुगे । प्रधानमन्त्रीले पतन्जली राम्रो भन्दै प्रशंसा गर्दै फ्रिमा प्रमोशन गरिदिए । अव प्रधानमन्त्रीले नै राम्रो भने पनि जनतामा सकरात्म छाप पर्ने नै भयो । तर उनै प्रधानमन्त्री रहेको सरकारको मातहत पर्ने जडिबुटि उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड भने जिर्ण बन्दै गएको छ । तर त्यस तर्फ प्रधानमन्त्री र सरकारको ध्यान जान सकेको छैन ।

सुनसरीको तरहरामा रहेको जडिबुटि उत्पादन तथा प्रशोधन कम्पनी अहिले जिर्ण अवस्थामा पुगेको छ ।सरकारले खासै चासो नदिँदा यहाँ बाट उत्पादन हुँदै आएको जडिबुटिको परिमाण पनि घट्दै गएको छ । कम्पनीको भवन जिर्ण भएर मानिस बस्न नमिल्ने भएको छ ।
२०५० सालमा स्थापना भएको यो कम्पनीले पुरानै परम्परागत प्रविधि मार्फत जडिबुटि प्रशोधन गर्दै आएको छ । कम्पनीलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन नेपाल सरकारले खासै चासो नदिएको जडिबुटि उत्पादन तथा प्रशोसन कम्पनी लिमिटेड तरहराका प्रमुख बखत बहादुर साउदले बताए ।

अहिले बजारमा अटेमिटिक मेसिनहरु आईसकेको छ तर हामीकहाँ पुरानै प्रविधिको स्टिम मेसिन छ । नयाँ मेसिन किन्न ३। ४ करोड पर्छ ,त्यो किन्न सरकारको चासो छैन प्रमुख साउदले गुनासो गरे ।

यो कम्पनीले तरहरामा २५ हेक्टर र बेलबारी शाखामा ७० क्षेत्रफलमा जडिबुटि खेती गर्दै आएको छ । कम्पनीले सिटोनेला,लेनमग्रास, पामारोजा, फ्रेन्च वेसिल, मेन्था, क्यामोमाईल, मसला लगायतका जातको खेती गर्दै आएको छ । देश तथा विदेशमा यी जडिबुटिको माग उच्च छ । प्रशोधन गरेको झोल औषधी बनाउन, विभिन्न उच्च स्तरका उत्तर तथा फरफ्युम निर्माणमा प्रयोग हुन्छ । यस्तै यी जडिबुटि सुगन्धका लागि उच्च ब्राण्डका पेय पदार्थमा पनि प्रयोग गर्न विदेशमा ठुलो माग रहेको छ ।यस्ता जडिबुटिको बजार मुल्य पनि उच्च रहेको छ । एक केजीको ४५ हजार सम्म पर्ने कम्पनीका प्रमुख साउदले जानकारी दिए ।

तरहराको यो कम्पनीले बार्षिक ५ मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखेर काम गर्दै आएको छ । तर यो लक्ष्य अनुसार पनि उत्पादन हुन सकेको छैन । बार्षिक रुपमा ४ मेट्रिक टन सम्म उत्पादन हुँदै आएको छ । मल, विऊ, सिचाईको उचित प्रवन्ध गरी खेती गर्न सके दुई शाखामा बार्षिक ८ टन सम्म उत्पादन गर्न सकिने प्रमुख साउदको भनाई छ । तर बार्षिक रुपमा उत्पादनको परिमाण घटदै गएको छ ।
अहिले जडिबुटि खेती गर्न जग्गा, सिचाई र प्रविधिको अभाव रहेको प्रमुख साउदको भनाई छ । तर सरकारले नेपालमै काम गर्दै आएका कम्पनीलाई प्राथमिकता दिन सकेको छैन । बरु सरकारले विदेशका ब्राण्डहरुलाई प्राथमिकता दिएको उनले गुनासो गरे ।

काम गर्दै आएका कम्पनीलाई प्राथमिकता दिँदै सरकारले बजेट र प्रविधि मैत्री बनाउन सके धेरैले रोजगारी पाउने थिए । जडिबुटि खेती गर्न सरकारले उत्प्रेरित गर्न सके जनताको आय स्तर पनि बढ्ने थियो । यता सरकारले पनि जडिबुटि विक्रि गरी ठुलो आम्दानी लिन सक्ने थियो ।
रोजगारी सृजना हुने र राष्ट्रिय आम्दानी हुने यस्ता क्षेत्रमा सरकारको ध्यान जान सकेको देखिदैन । आफ्नै देशको सम्भावनालाई लत्याएर सरकारले नै अरुको ब्राण्डको प्रचारमा गर्नु देशकै हित विपरित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!