जलबायु मैत्री  स्मार्ट कृषि: वर्तमानको अपरिहार्यता

लेखक डा. इश्वरी प्रसाद कडरिया र  डा. बिकाश पौडेल

कृषि र जलवायु एकापसमा अन्तर्सम्बन्धित छन् जसका कारण दुई मध्य एकमा आउने परिवर्तनले अर्को पक्षलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पारिरहेको हुन्छ। हाल विश्वको खाद्यान्न उत्पादनको ३२ देखि ३९ प्रतिशत उतारचढावमा जलवायुको भूमिका रहेको पाइन्छ/, यसको अर्थ मकै ,धान,  गंहु र भटमास जस्ता प्रमुख बालीहरूको उत्पादनमा प्रभाव भन्ने हुन्छ। कुल हरितगृह ग्यास उत्सर्जनमा १९ देखि २९ प्रतिशत भूमिका कृषि जन्य खाद्यान्न प्रणालिको रहेको छ ।

पृष्ठभूमि :

नेपालको कुल ग्राहस्थ्य उत्पादनमा करिब २९ प्रतिशत योगदान कृषि क्षेत्रबाट हुने र करिब दुई तिहाइ जनसंख्या जिवीको पार्जन र रोजगारीका लागि यस क्षेत्रमै निर्भर रहेको वर्तमान सन्दर्भमा नेपालको अर्थतन्त्र कृषिमा निर्भर रहेको स्पष्ट हुन्छ । कृषि क्षेत्रको विकास र विस्तारले देश विकासमा महत्वपूर्ण योगदान गर्दछ ।

त्यसैले समय अनुकुल कृषिमा व्यावसायीकरण, विविधिकरण र आधुनिकीकरण गदै युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी कृषिलाई आत्मनिर्भर र प्रतिस्प्रधी बनाउनु अहिलेको आवश्यकताहो । तुलनात्मक लाभका आधारमा कृषि उपजको प्रतिस्पर्धी क्षमता बढाएर उत्पादन र उत्पादकत्व बृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन गनुपर्ने आजको आवस्यकता रहि आएको छ ।

कृषि र जलवायु एकापसमा अन्तर्सम्बन्धित छन् जसका कारण दुई मध्य एकमा आउने परिवर्तनले अर्को पक्षलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पारिरहेको हुन्छ। हाल विश्वको खाद्यान्न उत्पादनको ३२ देखि ३९ प्रतिशत उतारचढावमा जलवायुको भूमिका रहेको पाइन्छ/, यसको अर्थ मकै ,धान,  गंहु र भटमास जस्ता प्रमुख बालीहरूको उत्पादनमा प्रभाव भन्ने हुन्छ। कुल हरितगृह ग्यास उत्सर्जनमा १९ देखि २९ प्रतिशत भूमिका कृषि जन्य खाद्यान्न प्रणालिको रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य तथा कृषि सङगठन (FAO) का अनुसार विश्वको बढ्दो जनसङ्ख्या, परिवर्तित खाधान्न उपयोगको प्रवृत्ति तथा प्रतिकूल जलवायुका आधारमा सन् २०५० सम्म हालको भन्दा ६० प्रतिशत बढी खाद्यान्न उपलव्ध हुनुपर्ने हुन्छ।

अर्को एक अध्ययनका अनुसार प्रति १ डिग्री तापक्रम वृध्दिसँगै करिव ५ प्रतिशत खाद्यान्नको उत्पादकत्व घट्ने अनुमान गरिएको छ । उल्लिखीत प्रवृत्तिहरूले साँच्चिकै वृहत् चुनौती तर्फ इङ्गित गर्दछ जसको सामना गर्न सरोकार वालाहरूको समन्वयात्मक कार्यको आवश्यकता पर्दछ ।

नेपालको कृषि क्षेत्र विशेष रुपमा मनसुनी वर्षामानिर्भर रहेको र जलवायू परिर्वतनकाकारण हुने अतिवर्षा, आँधीबेहरी, असिनापात, खडेरी, बाढी, तापलहर, शितलहर आदि जस्ता जलवायू जन्यप्रकोपबाट कृषि उत्पादनमा नकारात्मक असर परि खाद्य सुरक्षामा चुनौती सिर्जना भएको देखिन्छ ।

जलवायु स्मार्ट कृषिमा, स्मार्ट प्रविधिहरुको विस्तारको साथसाथै कृषकहरुलाइ जलवायु सुचना प्राप्त गर्ने ब्यवस्था मिलाउने र कृषि विमाको प्रवर्धन गर्ने, जोखिम मुल्याकँनको आधारमा स्थानीय कृषि योजनाहरू बनाउने र स्रोत ब्यवस्थापन गर्ने, जलवायु अनुकुलन गर्नको लागि स्थानिय कृषकहरु सँग भएको ज्ञान तथा प्रविधिहरु पहिचान र प्रचार गर्ने,जलवायु अनुकुलनको लागि स्थानिय सार्वजनिक निजि रसहकारी सँस्थाहरुको क्षमताअभिवृद्धि गर्ने, र स्थनिय अनुकुलनको लागि अधिक मात्रामा स्थानिय स्रोतको परिचालन गराउन सक्ने सँरचनाको विकास गर्ने पहलहरु पनि हुनु उत्तिकै आवश्यक रहेको छ।

यसकारण माटो, पानी र मौसमको पूर्व जानकारीको समुचित प्रयोगले प्रतिकूल मौसमका असरहरु न्यूनीकरण गर्नका साथै उपयुक्तमौसमबाट फाइदालिनुपर्ने आजको गहन आवश्यकताहो । साथै अन्तरराष्ट्रीय स्तरका अनुसन्धनात्मक संस्थाहरुले उल्लेख गरे अनुसार जलवायू परिवर्तनको नकारात्मक असर परिरहेका र पर्न सक्ने देशहरुको सूचीमा नेपाल चौथो स्थानमा पर्छ ।

जलवायु परिवर्तनको प्रभावमा हुने अतिवृष्टि तथा अनावृष्टि, भौगर्भिक बनोट, विकासका पूर्वाधारहरुको कमी, कृषिमा निर्भर अर्थ व्यवस्था आदिकारणले गर्दा जलवायू परिवर्तनको सन्दर्भमा नेपाल बढी प्रभावित हुन पुगेको छ ।

यसै सन्दर्भमा नेपाल सरकारले विगत वर्षहरु बाट नै जलवायु परिवर्तनवाट कृषि क्षेत्रमा हुने जोखिम न्यूनिकरण गर्न कृषि सँग सम्बन्धित विभिन्न नीतिहरुमा यस समन्धिअवधारणा समावेस गरी कार्यान्वयनमा ल्याएको छ ।

के हो जलबायु  मैत्री  स्मार्ट कृषि ?

जलवायु मैत्री कृषिले जलवायु परिवर्तनको नयाँ यथार्थलाई स्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन (Transform) र दिशा परिवर्तन (Reorient) गरी खाद्य सुरक्षामा सहयोग गर्ने गरी समाधानको उपाय अगाडि ल्याएको छ ।

जलवायु स्मार्ट कृषि प्रणालीमा  मौशम र जलवायुमा परेका नकारत्मक असरहरुको मुल्याकँन गरी जलवायुको कारणले देखापरेका जोखिमहरुको मुल्याकँन गरी जोखिमको आधारमा जलवायु स्मार्ट प्रविधिहरुको प्रसार र प्रयोग  गरिन्छ।

जलवायु स्मार्ट कृषिमा, स्मार्ट प्रविधिहरुको विस्तारको साथसाथै कृषकहरुलाइ जलवायु सुचना प्राप्त गर्ने ब्यवस्था मिलाउने र कृषि विमाको प्रवर्धन गर्ने, जोखिम मुल्याकँनको आधारमा स्थानीय कृषि योजनाहरू बनाउने र स्रोत ब्यवस्थापन गर्ने, जलवायु अनुकुलन गर्नको लागि स्थानिय कृषकहरु सँग भएको ज्ञान तथा प्रविधिहरु पहिचान र प्रचार गर्ने,जलवायु अनुकुलनको लागि स्थानिय सार्वजनिक निजि रसहकारी सँस्थाहरुको क्षमताअभिवृद्धि गर्ने, र स्थनिय अनुकुलनको लागि अधिक मात्रामा स्थानिय स्रोतको परिचालन गराउन सक्ने सँरचनाको विकास गर्ने पहलहरु पनि हुनु उत्तिकै आवस्यकरहेको छ।

जलवायु स्मार्ट प्रविधिहरुको भन्नाले जलवायु परिवर्तनका नकारात्मक असरहरुसँग जुध्न र अनुकुलन गर्न सहयोग गर्ने, जलवायु परिवर्तनको मुख्य कारण रहेको हरित गृह ग्यसहरुको उत्सर्जन कम गर्ने, र साथ साथै वालीनाली को उत्पादन बढाइ खाद्ध सुरक्षा सुधार गर्न सहयोग गर्ने प्रविधीहरु लाइ वुझिन्छ।

जलवायु मैत्री  कृषिका अभ्यासहरू

जलवायु मैत्री कृषि अभ्यासहरूको कुनै निश्चित परीक्षण गर्ने प्याकेज छैन । अभ्यासहरू विभिन्न क्षेत्रमा फरक–फरक हुन्छन्, यो कृषि पर्यावरणका विशेषताहरू, विकासको स्तर, क्षमता तथा कृषकहरूको रूचि र स्थानीय सरकारको क्षमता आधारमा छनोट गरिएको हुन्छ।

स्रोत: Climate Change, Agriculture and Food Suceurity, Brochure

मौसम मैत्री अभ्यासहरू  :

मौशम सुहाउदो वाली तथा प्रविधी छनोट गर्न सहयोग गर्ने मौशम सुचना तथा सल्लाह प्रदान गर्ने र मौशममा भएको फेरवलद को कारण कृषकहरुलाइ हुनसक्ने घाटा कम गर्ने,  मौसम को कारणले हुने क्षति पूर्तिको लागि वाली विमा जस्ता मौशम मैत्री प्रविधी वा सेवाहरु पर्दछन्।

बीउ/ जात मैत्री अभ्यासहरु

धेरै उत्पादन दिने, रोग संग लड्न सक्ने  वढ्दो खडेरी र पानीको अभावसँग जुध्न पानी कम भएको बेलामा सुख्खा सहन सक्ने बालीको खेती र पानी धेरै भएको बेलामा पानी जमेको सहन सक्ने बिउहरुको उत्पादन तथा प्रयोग गर्ने भन्ने बुझिन्छ।

पानीमैत्री अभ्यासहरू

बढी भएको पानीलाइ प्लाष्टिक पोखरी अथवा टयाङ्कीमा संकलन गर्ने, संकलन गरेको पानीलाइ थोपा सिंचाइ जस्ता प्रविधी प्रयोग गर्ने, खेर गएको पानीको पुन प्रयोग गर्ने जस्ता पानी मैत्री प्रविधीहरु छन् ।

माटोको सुधार/पोषक तत्व मैत्री अभ्यासहरू

सुन्य र न्युन खनजोतमा गरिने खेती, वालीको अवसेस व्यवस्थापन, छापो हाल्ने प्रविधी, कृषिवन, वगैचाको स्थापना, एक वर्षिय वालीको सट्टा वहु बर्षीय वालीको प्रयोग, जस्ता प्रविधी वा व्यवस्थापन पद्धतीहरुको अवलम्वन गराई कार्वनको उत्सर्जन कम गर्ने र माटोमा कार्वनको सिक्वेस्टेसन वढाउने कार्वन मैत्री प्रविधीहरु पनि स्मार्ट प्रविधी अन्तरगत पर्दछन्।

हुन त हाम्रो देशमा प्रशस्त मात्रामा   युरिया मल किसानले प्रयोग गर्न पाएका छैनन् तर पनि जति किसानले प्रयोग गरेका छन उनीहरुमा आवश्यक ज्ञानको अभावले उचित ढंगले युरीया मल प्रयोग नगरी विरुवालाइ चाहिने मात्रा भन्दाकम अथवा बढी प्रयोग गर्दछन् ।

चाहिने भन्दा बढी मलप्रयोग गर्दा एकातिर लागत बढी लाग्ने र अर्को तर्फ हरितगृह ग्यास उत्सर्जन भइ जलबायु परिवर्तनमा असर पार्ने भएकोले विरुवालाइ चाहिने मात्रामा मात्र युरिया मलको प्रयोग गर्न सिकाउन जरुरीभएको छ।

यसैको लागि भकारो तथा मलखाद सुधार, वाली चक्रमा कोशे वालीहरुको प्रयोग र भुक्षय रोक्ने जस्ता प्रविधीवाट माटोको उर्वराशक्ती सुधार गर्ने प्रविधी हरु खाध तत्व मैत्री प्रविधीको रुपमा रहेका छन्। यसका अतिरिक्त लीफ कलर चार्ट, ग्रीन सिकर जस्ता उपकरणहरुको प्रयोग गरी बिरुवाको कुन अवस्थामा कति मात्रामा युरिया मल प्रयोग गर्नु पर्दछ भन्ने थाहा पाउने प्रविधीहरु प्नि स्मार्ट प्रविधी अन्तरगत नै पर्छन ।

ज्ञान सिप/ संस्थागत संरचना /बजारमैत्री अभ्यासहरू

जलवायु मैत्री कृषि मा  प्रयोग गरिने प्रविधि किसानका सीप र अनुभव अनुरुप हुनुपर्छ । यसका लागि जलवायु कृषक पाठसाला, कृषक अन्वेशष मंन्च जस्ता ज्ञान मैत्री कार्यक्रमहरु जलवायु स्मार्ट कृषि  मा संलग्न गर्नु पर्ने हुन्छ। जलवायु स्मार्ट गाँउमा सके सम्म कम इन्धन खपत हुने, वढि भन्दा वढि नविकरणिय उर्जाहरुको प्रयोग गर्न सकिने, र कम मजदुर लाग्ने खालको प्रविधिहरुलाई प्राथमिकता दिईन्छ  ।

यस सन्दर्भमापनि सुन्य वा कम खनजोत प्रविधी उपयुक्त देखिन्छ । यसका अतिरिक्त डिजेल प्रयोग गरेर सिँचाइ गर्नुको सट्टा सौर्य उर्जाको प्रयोगबाट सिंचाइ गर्ने, साना औजार र मसिनको प्रयोग गर्ने जस्ता इन्धन मैत्रीप्रविधी हरु पनि स्मार्ट प्रविधीहरुको सँगालो भित्र पर्छन ।

भविष्यको जलवायु र बजारको परिप्रेक्ष्यमा नकारात्मक अनुकूलन नबन्ने गरी मोडल प्रयोग गरेर पत्ता लगाइएका स्मार्ट कृषि का  पहलहरूको प्रवर्धन गर्न यिनै सँगालो भित्र वाट निस्चित स्थान र गाँउमा उपयुत्त हुने प्रविधीहरु जोखिम मुल्याङ्कन को आधारमा छनोट  गरेर प्रसार गर्नुपर्ने हुन्छ। विभिन्न वालिको लागि फरक फरक जलवायु स्मार्ट प्रविधिहरु छन्।

मकै खेतीमा स्मार्ट सिँचाइ व्यवस्थापन र मलखाद व्यवस्थापन गरेर दोब्बर उत्पादन वढाउन सकिने देखिन्छ। स्मार्ट  सिँचाइको लागि लाइनमा मकै लगाउने विरुवालाइ सिँचाइ आवस्यक भएको  पत्ता लगाउने तरिकाहरु छन्।

स्मार्ट मलखाद ब्यवस्थापनको लागि माटो परिक्षण गरेर मलखादको मात्रा तय गर्ने तरिकाको साथमा न्यूटियन्ट एक्सपर्ट जस्ता माटोलाइ आबश्यक  मात्रामा मलखाद पत्ता लगाउने प्रविधिहरु जलवायुमैत्री कृषि सँगालोमा पर्दछन्।

धानको लागि उपयुत्त प्रविधीहरुमा एस आर आइ प्रविधि जलवायु मैत्रीहो। सुख्खा सहन सक्ने जातको प्रयोग एस आर आइ र स्मार्ट मलखाद ब्यवस्थापनको एक मुष्ट प्रयोग गरेर धानको उत्पादनमा पनि दोब्बर प्रतिसत सम्म उत्पादन वढाउन सकिने कुरा अनुसँन्धानहरुले देखाएको छ।

धानको स्मार्ट मलखाद ब्यवस्थापनको लागि माटो परिक्षण गरेर मलखादको मात्रा तय गर्ने तरिकाको साथमा न्युट्रियन एक्सपर्टर लीफ कलर चार्ट जस्ता सजिलो प्रविधिहरु पनि जलवायु मैत्री कृषि अन्तरगत पर्दछन्।

गहुँ वालीको लागि प्रचार गरिएको स्मार्ट प्रविधीहरुमा धानवालीको अवसेसको उचित ब्यवस्थापन गर्दै सुन्य तथा न्युन खनजोत खेती गर्ने स्मार्ट मलखाद ब्यवस्थापन गर्ने छोटो समयमा पाक्ने जातहरुको खेतीगर्ने स्मर्ट सिँचाइ व्यवस्थापन गर्ने जस्ता प्रविधिहरु स्मार्ट प्रविधिहरु मानिन्छ।

यस्ता प्रविधिहरुको प्रसार वाट गहुँको उत्पादनमा ८० प्रतिसत  सम्म उत्पादन वढाउन सकिने कुरा अनुसन्धानहरुले देखाउछ। यसका साथै गहुँ वालिमा कोषे वालीहरुको अन्तरवाली खेती गरेर नाइट्रोजन ब्यवस्थापन गर्नुको साथै आम्दानी पनि वृद्धि गर्न सकिन्छ ।

त्यसै गरी थोपा सिँचाइ प्रविधी, प्लास्टिक घर खेती, प्राँगरिक खेती, आइ पिएम प्रविधी, आदि तरकारी खेतीको लागि उपयुक्त केही स्मार्ट प्रविधीहुन्।जुठेल्ना को पानी सँरक्षण गरेर पून प्रयोग गर्ने, घर वगैचा सुधार गर्ने आदि स्मार्ट प्रविधी पनि तरकारी खेती मा गर्न सकिन्छ।

खुला चरन रोक्ने, वायोग्यास विस्तार गर्ने, गोठ तथा भकारो सुधार गर्ने,पशु स्वस्थ्य क्याम्पहरु सँचालन गर्ने पशुको नस्ल सुधार गरेर ठुला तर कम पशु पाल्न सहयोग गर्ने कृषि बनको विस्तार गर्ने जस्ता कृयाकलापहरु स्मार्ट पशुव्यवस्थापनका प्रविधी हुन।

कुन ठाउमा के प्रविधि ठिक हुन्छ भन्ने कुरा पनि यतिकै भन्न सकिन्न। त्यसकारण जलवायु स्मार्ट कृषि गाँउहरुको विस्तार को पहिलो चरणमा विभिन्न जलवायु र आर्थिक सामाजिक अवस्था भएका ठाँउ पहिचान गरी जलवायुको कारण उत्पती भएका जोखिमहरुको मुल्याकङ्कन गरी प्रविधी पहिचान गरे र टेस्ट गर्दै उस्तै प्रकृतीका अन्य गाँउहरुमा विस्तारै विस्तारगर्दै लैजानु उपयुत्त हुन्छ।

र अन्तमा…

वर्तमान सरकारले कृषि क्षेत्र लाई महत्वोपूर्ण स्थान दिएको छ। बिशेषगरी पाँच बर्षमा कृषि उत्पादन्मा दोब्बर वृद्धि गर्ने, कृषिजन्य  उत्पादनको समर्थन मुल्य तोकिनु, सिन्चाइ लगायता पूर्वधार बिकासमा जोड दिनु राम्रा पक्ष हुन तथापी नेपालमा कृषिक्षेत्र अपेक्षित आकर्शणको पेशा बन्न सकेको छैन कृषि भुमी बाझो रहने, पुरुषहरु बिदेश जानु पर्ने बाध्यताले गर्दा कृषि पेशा महिलाहरु ले धान्नु पर्ने अवस्था सृजना भएको छ।

साथै वातावरणमा आइरहेको परिवर्तनले कृषिमा ठूलो असर गरिराखेको छ । यसबाट पर्न गएका समस्याहरुको समाधानको लागि वातावरण मैत्री कृषि (Climate Smart Agriculture) प्रबिधी किसानहरुको पहुंच पुराउनु अपरिहार्य छ।

कृषिमा देखिएको जोखिम मूल्याङ्कन गरी लैङिक तथा सामाजिक समावेशीकरणको बिस्लेसण सहित स्थान बिसिस्ट वातावरण कृषि प्रबिधी अभ्यास र सेवाहरूकोपहिचाहन गर्दै महिलाहरुलाई लक्षित गरी मशीनरी, उपकरण, सौर प्रणाली सिंचाई, कृषि बीमा, सूचना र संचार,  आधुनिक कृषि प्रबिधिहरु एक ठाउबाट संचालन गर्नुपर्दछ (Custom Hiring Centers)  स्मार्ट कृषि कार्यक्रम सन्चालन भयो भने कृषि नयाँ प्रबिधी र सेवाहरू लाई गाउँ गाउँसम्म पुर्याउन  सजिलो हुनेछ  ।

  • लेखक डा. कडरिया जैविक प्रविधि केन्द्र, कृषि वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनका निर्देशक र डा. पाैडेल  कृषि विज्ञ एवम कृषि अनुसन्धानकर्ता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply