माेरङ – माेरङकाे तराई भेगमा यस समयमा सबै काे खेत बारीमा ढकमक ताेरीका पहेँलाै फुल फुल्ने समय भएको छ । त्यहि समय पारेर अहिले खेत बारीकाे अालि हरुमा माैरी भएका घार हरु देख्न सकिन्छ ।
माेरङकाे रंगेली नगरपालिका ३ स्थित रंञ्जनी का यमनाथ पाठकले यस बेला ताेरीकाे खेत बारीमा माैरीकाे घार लगेर माैरी चराउने गर्देछन ।
अरु समयमा उनले जंगलमा लगेर अाफ्नाे माैरीलाई चराउने गरेता पनि अहिले ताेरी फुल्ने समय भएकाले गाउँ का साथी भाई हरुले माैरी चराउन ल्याउनुपर्ये भनेर बाेलाउने गरेकाे यमनाथ बताउँछन् ।
खडान्द खनाल ले भने अाफुहरु चार बिघामा ताेरी खेति गरेको र प्रत्येक बर्ष माैरी चराउन ल्यानन अाग्रह गर्ने गरेको उनी बताउँछन् ।
पहिले ताेरीमा लाई लाग्ने, किरा लाग्ने गर्ने गरेको र परागसेचनकाे काम माैरी ले नै गरेकाे हुनाले माैरी ताेरी खेती मा ल्याएकाे उनी बताउँछन् ।
माैरी ल्याए पछि अाफुले ताेरीमा बिगत ४ ,५ बर्षदेखी कुनै पनि किटनासक अाैषधिकाे प्रयोग नगरेको र बिघामा २० मन देखि २२ मन सम्म ताेरी उव्जनी हुने गरेकाे समेत बताए ।
२०६० साल देखि माैरीपालनमा लागेका यमनाथ सुरुका दिनमा ४ घार बाट माैरी पालन सुरु गरेको र यहिले अाएर २ सय घार सम्म पाल्न सफल भएका छन ।
उनले भने १ घार बराबर ५० हजार देखि ६० हजार सम्म माैरी हुने गरेकाे छ । २ सय घार बाट ५ हजार केजि ( ५० कुईटल ) मह बार्षिक उत्पादन हुन्छ ।
३० लाख बराबरको अाम्दानी हुने गरेको समेत बताए । मह उत्पादन गरेता पनि बजारी करण गर्ने अप्ठ्यारो परेको हुनाले अाफु हरुलाई समस्य परेको र भारत बाट लुकिछिपि केमिकल हालेकाे मह बजारमा बिक्रीवितरण गर्न नेपाल अाउने गरेको हुनाले अाफु यहाँका कृषक हरुले उत्पादन गरेकाे मह अाेझेलमा परेको कृषक बताउँछन्।
पाथीभरा माैरीपालन उधाेग स्थापना गरेर अहिले अाफुले उत्पादन गरेको मह प्रति केजि ६ सय रुपैयाँको दरले बिक्रीवितरण गर्ने गरेका छन । उक्त मह बिक्रीवितरणका लागि ताप्लेजुङ ,बिर्तामोड ,धरान,र बिराटनगर लगायत का केही स्थान हरुमा मात्रै बिक्री का लागि पठाउने गरेको पाठक ले बताए ।