spot_img

परम्परागत,स्थानीय खाद्य पदार्थ प्रबर्द्धन आवश्यक : राज्य मन्त्री चौधरी

मकवानपुर:

कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री राम कुमारी चौधरीले परम्परागत ,पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गर्न आवश्यक रहेको बताउनुुभएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तरगतको क्षेत्रीय कार्यालय हेटौडाले मकवानपुरको भुलभुले हर्नामाडीमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उक्त कुरा यहाँले बताउनुुभएको हो ।

हजारौं युवाहरूलाई कृषि क्षेत्रमा रोजगारी दिन सरकार अगाडी बढीरहेको यहँले बताउनुुभयो। बिदेशीएका युवाहरूलाई नेपालमै कृषि क्षेत्रमा रोजगारी दिन आवश्यक तालीम र बिना धितोको ऋण उपलब्ध गराउन सरकार तयार रहेको राज्य मन्त्री चौधरीले जानकारी दिनुभयो । “परम्परागत ,पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौ ,असल खानपानको लागि खाने बानी बसालौ” भन्ने मुल नाराका साथ विभिन्न स्थानीय खाद्य पदार्थको पर्वदन गर्न स्टलहरु राखीएको खाद्य मेला २०७५ तीन दिन सम्म लाग्ने खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका प्रमुख सोमकान्त रिजालले बताउनुुभयो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी तथा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक सन्जीव कर्णको समेत उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार