पशु आहारा सम्बन्धि राष्ट्रिय स्तरको गोष्ठी सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ
राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको आयोजनामा सम्बन्धित संघ संस्थासंगको समन्वयमा पशु आहारा सम्बन्धि नयाँ प्रविधिबारे राष्ट्रिय स्तर गोष्ठी सम्पन्न भएको छ । गोष्ठी राष्ट्रियस्तरका पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन सम्बन्धि विज्ञहरुको उपस्तिथिमा कुपन्डोल ललितपुरमा पुस २५ गते सम्पन्न भएको हो ।
गोष्ठीमा पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मल, नार्कका वैज्ञानिकहरु, प्राध्यापक, सम्बन्धित विज्ञहरु, कृषक लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा डा. मेघराज तिवारी, पशु आहारा महाशाखा, नार्क, ललितपुरका वरिष्ठ बैज्ञानिकले पशु आहारा सम्बन्धि नयाँ प्रविधिहरुबारे आफ्नो प्रस्तुति राख्नुभयो ।
यस्तै, राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन का प्रमुख पशु विकास अधिकृत डा. नम्रता सिंहले राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाबाट पशु आहारा सम्बन्धि नयाँ प्रविधिमा सम्पादन भएका कृयाकलापहरु बारे आफ्नो प्रस्तुती दिनुभयो ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विकसित पशु पोषण तथा घाँसेवाली सम्बन्धि नविन प्रविधिहरु विषयमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक डा. नवराज देवकोटाको प्रस्तुती रह्यो । त्यस्तै चरन तथा घाँसेवाली सम्बन्धि नेपाल कृषि अनुसन्धान परिषद् द्वारा विकसित नविन प्रविधिहरु बारे चरन तथा घाँसेवाली महाशाखा खुमलटारकी वैज्ञानिक सुजया उप्रेतिले जानकारी दिनुभयो ।
गोष्ठीमा विज्ञहरुले अहिलेसम्मका उपलव्धि र अबको कार्यदिशा बारे चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा बोल्दै डा. विमल कुमार निर्मलले यस्ता गोष्ठी सञ्चालनले वैज्ञानिकहरुलाई अगाडि बढ्न र कृषकका समस्या समाधानमा ध्यान दिन सघाउ पुग्ने बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!