प्रधानमन्त्री कृषि परियोजनाको कामप्रति किसान असन्तुष्ट

चितवन, असार ३१ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चितवनका किसानलाई विभिन्न क्षेत्रमा वितरण गरिएको अनुदान पर्याप्त नभएको किसानहरुले गुनासो गरेका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिकामा गरिएको अनुगमनको क्रममा किसानहरुले सरकारले दिने सहुलियतमा असली किसान भन्दा अरु वर्गले लाभ लिने गरेको दुखेसो पोखेका हुन ।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि किसानहरुलाई पर्याप्त मात्रामा अनुदान दिनुपर्ने भएपनि ग्रामीण क्षेत्रसम्मका किसानहरुले अनुदानको नाममा सामान्य वस्तुहरु मात्रै पाउने गरेको गुनासो गरेका छन् ।

राप्ती नगरपालिका वडा नम्बर ६ मा १० बिघाहा क्षेत्रफलमा माछा पालन गर्दै आएका किसानले सरकारले कृषि क्षेत्रमा सहुलियत दरमा ब्याज दिने भने पनि आफूले १३ प्रतिशत ब्याज लिएर फार्म सञ्चालन गरेको बताउनुभयो ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकामा धान, तरकारी, मौरी र माछा गरि आठ वटा पकेट क्षेत्रलाई ३२ लाख रुपैयाँ वितरण गरिएको छ ।

राप्ती नगरपालिकामा १६ बिघाहा क्षेत्रफलमा माछा पालन गरेका तीन जना किसानले माछाको पकेट क्षेत्र स्वरुप जम्मा चार लाख १० हजार रुपैयाँ अनुदान पाएका छन् ।

error: Content is protected !!