बोर बाख्राः परिचय र व्यवस्थापन प्रविधि


बोर बाख्रा दक्षिण पश्चिम एसिया र पूर्वीय युरोपको जंगली बाख्रालाइ पालेर बनेको उप प्रजाति बाख्रा हो । बाख्रा बिविडे परिवारको सदस्य हो । भेडासंग करिब करिब मिल्ने जाति बाख्रा, बाख्रा –हरिणको उपपरिवार क्यप्रिनमा पर्दछ । ३०० भन्दा बढी भिन्न प्रकारका बाख्राहरु संसारमा पाइन्छन । बाख्रा सबैभन्दा पुरानो घरपालुवा जनावर मानिन्छन र सालौंदेखि यसको उपयोग दुध, मासु, रौँ र छालाको लागि भईरहेको छ । सन २०११ मा विश्व खाध्य तथा कृषि संगठनका अनुसार, संसारभरिमा ९२.४ करोड (९२४ मिलियन) जीवित बाख्रा थिए । बाख्रीलाइ ‘डो’ अथवा ‘न्यानी’ भनिन्छ भने, बाख्रालाइ ‘बक’, ‘बिलि’ अथवा’ ‘र्याम’ भनिन्छ र बच्चा बाख्राहरुलाई ‘किड्स’ भनिन्छ । बाख्राको मासुलाई चेवोन भनिन्छ भने भेंडाको मासुलाई मटन भनिन्छ ।

बोर बाख्रा दक्षिण अफ्रीकामा सन १९०० तिर मासुको प्रयोजनका लागि विकसित भएको थियो र तिनीहरुको नाम डच “बोर” भनेको “किसान” भनेर राखिएको थियो । बोर बाख्रा नामक्वा बुसमेन र फुकु जाति बाट जन्मिएको भन्ने मानिएको थियो ।
बोर बाख्रा मासु उत्पादनका लागि उपयुक्त बाख्रा मानिएको छ । शरीरको वनावट, छिटो बढ्ने र राम्रो छालाको लागि यो बाख्राको जात संसारभरी प्रचलित छ । बोर बाख्रासंग क्रस प्रजनन गरेर लोकल जातका बाख्राहरूको उत्पादन शक्ति बढाउन सकिन्छ । ‘दक्षिण अफ्रिकी बोेर बाख्रा प्रजनन संघ’ अनुसार हालसम्म ५ प्रकारका बोर बाख्रा दक्षिण अफ्रिकामा चिनिएका छन् । साधारण बोर बाख्राको राम्रो मासुको बनावट, छोटो कपाल र भिन्न प्रकारको रङ हुन्छ ।

लामो कपाल भएको बोर बाख्राको गह्रुंगो छाला र साह्रो मासु हुन्छ । पोल बोर बाख्राहरुको सिंग हुँदैन र थोरै नराम्रो शरीर वनावट हुन्छ । लोकल बोर बाख्राको लामो खुट्टा, भिन्न र नराम्रो शरीर वनावट र धेरै प्रकारको रङ हुन्छ । उन्नत बोर बाख्राहरु पहिलो श्रेणीका बाख्रा हुन । जुन प्रजननका लागि छानिन्छन् । सन् १९५९ मा दक्षिण अफ्रिकी बोर बाख्रा प्रजनन संघले प्रजनन स्तर पहिलोपटक स्थापित गरेको थियो जसमा वनावट, टाउको,घांटी, अगाडिको चौथाई भाग, पेट, पछाडिको चौथाई भाग, खुट्टा,छाला, यौन अंगहरु, नाप, रंग, पुच्छर, देखिएको वनावट अनि प्रकार र प्रजनन शक्ति हेरिन्छ ।

पांच तहअनुसार बाख्रीको बर्ण थाहपाउन सकिन्छ। दुधको उत्पादन, दुध छोड्नु अघिको बढाईको दर, दुध छोडेपछिको बढाईको दर, खानको रुपान्तरण र पुरुष बच्चा बाख्राको तौल, विशेष अवस्थामा पुरुष बच्चा बाख्राको बढाई, सिनोको गुणस्तर र मात्रा परिक्षणमा लिईन्छ । बोर बाख्रा बढी उर्वर छ र गर्भ ९० प्रतिशत सफल हुन्छ, बच्चा जन्मिने दर १८९ प्रतिशत र उत्पादकत्व दर २१० प्रतिशत छ ।

बासस्थान व्यसस्थापनः
मासुको लागि उत्पादन गरिएको बाख्राको घर साधारण हुन्छ र ठिक्क मौसममा प्राकृतिक कुराले छाउन सकिन्छ जस्तै मोटो रुख वा ठुला ढुंगा बाख्राहरुलाई वर्षा, हिउँ वा चिसो हावाबाट बचाउन जरुरि हुँदैन । बाख्राको घररगोठ ठुलो भन्दा पनि सजिलो र स्वस्थ हुनु जरुरि छ । गोठ बनाउन यी ५ कुराहरु हुन जरुरि छ ।
– गोठमा सहि वायुसंचार हुनपर्छ तर बढी हावा लाग्न हुन्न ।
– भित्ता र छतमा संक्षेपण हुनु हुदैन ।
– बाख्रा बस्ने स्थान सुक्खा र सफा हुनुपर्छ ।
– पराल, दाना र पानि राख्ने ठाउँ राम्रोसंग बनाएको हुनपर्छ जहाँ केहि पनि खेर जानुहुँदैन
– जनावरहरुलाई सहजता र कम कामदार लाग्ने गोठ बनाउनुपर्छ ।
– जनावरहरुलाई सहजता र कम कामदार लाग्ने गोठ बनाउनुपर्छ ।

तस्विर: जगतपुर एग्रो फार्म चितवन

तापक्रम:
बाख्राहरुको लागि ५५ देखी ७० डिग्री फह्रेन्हाइट सम्मको तापमान ठिक हुन्छ । दुध उत्पादन, खाना र सहजता ० देखी ५५ डिग्रीफह्रेन्हाइटले असर गर्दैन तर, ८० डिग्री फह्रेन्हाइट भन्दा माथिको तापक्रमले खाना कम खानु, उचाई र तौल कम हुन्छ । तसर्थ, बाख्रालाई जाडोमा कसरि न्यानो राख्ने भन्दा पनि गर्मीमा कसरि शितल प्रदान गर्ने भन्ने बारेमा बढी सोच्नपर्छ ।

आद्र्रता:
गोठ बनाउँदा हावाको बहाब प्राकृतिक वा मानव निर्मित हुनुपर्छ जसले, गर्मि, चिस्स्यान दुर्गन्ध हटाउंछ । वायुसंचारले गर्दा जनावरमा न्यूमोनिया हुँदैन । राम्रो वायुसंचारको प्रबिधिमा गर्मीमा १५० देखी २०० क्यू फिट हावा प्रति मिनट प्रति जनावर हुनपर्छ । जाडो मौसममा भने, २० क्यु फिट प्रति बाख्राको दरले घटाउन सकिन्छ ।
प्रकाशः
बन्द भएको बानमा झ्याल आवश्यक पर्छ । सुर्यको किरणले जनावरहरुमा न्यानोपन र भिटामिन डी प्रदान गर्छ । उज्यालो बानहरु सफा हुन्छन र गर्मीको बेलामा हावाको बहाब हुनेगरी झ्याल खोलिदिनुपर्छ ।
खोरको तारबार:
तारबारले बाख्राहरुलाई कुकुर र अन्य जनावरबाट बचाउँछ । १२ इन्चको सेन्टरमा काठ वा स्टीलको ७ फुटको पोस्ट राख्ने अनि तार वार बिजुलीको ४ फुट उचाईमा तारले बान्ने। बिजुलीको तार बान्दा घाँस, झाडीहरु उम्रिन सक्दैन। आफ्नो जनावरको स्वस्थको ख्याल राख्दै आर्थिक हिसाबले फेन्स बनाउनु पर्छ ।

प्रजननः
बोेर बाख्रा आंशिक ऋतुमा प्रजनन गर्छन । Anestrus हुँदैन र राम्रो हुर्काउने अवस्था पाएमा बर्षेनी ऋतुचक्र हुन्छ । ऋतुचक्र १८ देखी २१ दिनको हुन्छ र १७ प्रतिशत बाख्रीको ऋतुचक्र १३ दिन भन्दा कम हुन्छ र १० प्रतिशत ऋतुचक्र २५ दिन भन्दा बढी हुन्छ । ऋतुकालको औसत लम्बाई ३७.४ घण्टा हुन्छ । गर्भधारण देखि व्याउने समयसम्मको औसत अवधी १५० दिन हुन्छ ।

चरनसम्बन्धि व्यवहार, अनुकुलन र रोग प्रतिराधी क्षमता
बाख्राहरूको विशेषता उनीहरुको चराईमा देखिन्छ र जस्तो अवस्था भएपनि उनीहरु बाँच्न सक्छन, यसले गर्दा उनीहरुलाई अरु जनावरभन्दा अलग मानिन्छ ( Lu, 1988) । बोर को खानामा ८२ प्रतिशत ब्रौउज र १८ प्रतिशत घाँस हुन्छ । नामिबियामा लिईएको एक सर्वेक्षण अनुसार बोर बाख्राले ७४ प्रतिशत पात र २६ प्रतिशत घाँस खाएको देखिन्छ । तितोपनालाई सहन सक्ने शक्ति भएका कारण चरण राम्रोसंग गर्न सक्छन र झार नियन्त्रणमा पनि सहयोग पुर्र्याउंछन् । खाना र पानीको लागि टाढा टाढा सम्म पनि पुग्न सक्छन । साधारणतया, बाख्राहरु गर्मि सहन सक्ने शक्ति हुन्छ र गर्मीको तनाव बाट पनि बच्न सक्छन । बोेर बाख्राको अनुकुलताको बारेमा हेर्दा, सुक्खापनको बाट सहन सक्ने शक्ति, ट्यानिन सहने शक्ति, फाइबरको पाचन, बिभिन्न तापक्रममा बाच्न सक्ने शक्ति, र शरीरमा कम पानिको बहावमा अनुकुल छन् ।

बोर बाख्रा पाल्नका लागि चाहिने न्युनतम खर्च:

तस्विर: जगतपुर एग्रो फार्म चितवन

ब्यापारलाई अगाडी बढाउने योजना गर्नुभन्दा पहिले चाहिने खर्चहरुको पहिचान गर्न जरूरी छ। बोर बाख्राको ब्यापार गर्नका लागि चाहिने खर्चहरु यस प्रकार छन ।

बाख्राको खर्चः सुरुमा बाख्रा किन्दाको लागत र बाख्रा प्रजनन को लागत (यदी कृतिम गर्वाधरण गराएमा)
– पराल
– दाना
– खनिज तत्व
-भिटामिन
जमिन र संरक्षण:
– जमिन भाडा र संरक्षण खर्च
– मलजल र घाँसबारी को उपचार
– घेरबार खर्च
– गार्ड कुकुर र तिनीहरुको पालन पोषण खर्च
जनावर स्वास्थ्य सम्बन्धि खर्चः
– पशु चिकित्सकको लागि हुने खर्च
– भ्याक्सिन
– औषधि जस्तै: जुका नासक, यान्टिवायोटिक, आयोडिन
– स्वास्थ्य सर्टिफिकेट
– चिकित्सा आपूर्ति (प्राथमिक उपचार किट)
-ज्याला मजदुरी खर्च
यातायात खर्चः
– बेच्ने ठाउँ सम्म लाग्ने खर्च, जनावर देखाउने खर्च, दाना पानी ख्वाउने खर्च र अन्य फार्म खर्च, प्रति किलोमिटर खर्च ।
– बाख्रालाई बाध्ने ट्रेलर र अन्य उपकरण

अन्य खर्चः उक्त समयाबदीमा लाग्ने दाना पानी उपकरण मा लाग्ने खर्च, ररयाक, टाट्टू उपकरण र अन्य आपूर्तिको खर्च ।
व्यवस्थापन खर्च :
– व्यावसायिक सफ्टवेयर
– टेलिफोन र इन्टरनेट बिल
– सम्बन्धन र दर्ता खर्च
– प्रकाशन तथा सदस्यताहरु
– कागजपत्र, टिकट, र कार्यालय आपूर्ति
विक्री खर्च :
-निलामी विक्री
– प्रचार प्रसार, संकेत र व्यावसायिक कार्ड

तस्विर: जगतपुर एग्रो फार्म चितवन

बोयर बाख्राहरु बजारको लागि कैले उपयूक्त हुन्छ ?
३५ देखि ४० केजी जीवित तौल भएको बोर बाख्रा बजारको लागि उपयूक्त मानिन्छ  ।  ३५ देखी ४० के जी हुदा जनावर को मासु राम्रो र भित्रि बोसो कम हुने गर्छ । चाहिने भन्दा धेरै खुवायो भने तौल बढ्छ तर भित्रि अंग को बोसो बढेर मासुको गुणस्तर घट्छ ।  अतः ३० देखी ४० के जी तौल सबै भन्दा उत्तम मानिन्छ ।
उमेर भन्दा पनि तौल राम्रो बजार सूचक मानिन्छ । किनकि बाख्राहरु आफ्नो आणूवान्ग्सिकी र आहारा आपूर्ति अनुसार फरक फरक दरले बढ्ने गर्दछन । तिनीहरुले सबै भन्दा बढी तौल बनाउने भनेको Suckling अवस्थामा हो । बच्चा जन्मदाको तौल ५ देखी ६ केजी हुन्छ भने पहिलो धेरै महिना सम्म औसत २०० देखी २३० ग्राम प्रति दिन बढ्दै जान्छ  । ३ देखी ६ महिनामा १३० देखी २०० ग्राम प्रति दिन बढ्दै जान्छ ।  उत्तम मूल्य भनेको ३५ देखी ४० के जी जीवित तौल हुदा हुन्छ जुन ६ देखी ७ महिनामा तयार हुन्छ ।

सिकेका मुख्य १० कुराहरुः

१. तौल भन्दा गुणस्तरमा ध्यान पुर्याउने ।
पैसा बचाउन को लागि सुरुमा किन्ने बेलामा सबै भन्दा उत्तम buck किन्ने, सामान्य नकिन्ने  र  उत्तम Buck छ भने सामान्य Doe ले पनि बलियो र स्वस्थ बच्चा जन्माउन सक्छ । धेरै नयाँ बाख्रा व्यवसायीले सुरुमा व्यवसाय गर्दा सस्तो Buck किनेर सबै भन्दा ठुलो गल्ति हुने गरेको छ । तसर्थ बाख्रा किन्दा बाख्राको आणूवान्ग्सिकी हेर्न जरूरी छ ।

२. बाख्राहरुले चरणबाट उच्चस्तरको आहारा पाएको सुनिस्चित गर्ने ।
चरण ले पोषण आपूर्तिलाइ सबै भन्दा सस्तो बनिदिन्छ तसर्थ वार्षिक चरण कार्यक्रम ल्याउन जरूरी छ जसले धेरै भन्दा धेरै चरण प्रति महिना गराउछ । चरणको लागि बाख्रालाइ छोड्नु भन्दा पनि राम्रो व्यवस्थापन हुनु जरूरी छ जहाँ नियन्त्रित चरण हुने गर्छ । बाख्राले धेरैजसो पोषण तत्व, काषे र अकाषे बोटबिरूवाहरूबाट लिने गर्छ ।

३. बोर बाख्राबाट लाभ बढाउनको निमित्त वस्तु विविधताको उपाए अपनाउने
जस्तै: बाख्रा र गाइ र घोडा पालन गाइले बाख्राको घासेबालीमा भएका झारपातलाई नस्ट गर्ने गर्छ । विभिन्न प्रकारका घासे बाली लगाउने र घासेबालीलाइ तरकारी बालीसंग हेरफेर अर्थात् एकिकृत बालि पनि बनाउन सकिन्छ । बोर बाख्रालाई बनस्पति जन्य गुप्तिकरण (encroachment) लाई न्यूनीकरण गर्न पनि प्रयोग गर्न सकिन्छ किनकि यसले झारपात (weed) र आक्रामक बनस्पति (invasive species) पनि चरण गर्छ ।

४. वस्तुलाई भाग्न नदिन र सत्रुहरु बाट बचाउनको लागि राम्रो घेरबारको व्यवस्था गर्ने 
बाख्राहरु घेरबारलाई नाघेर हाम्फाल्न खोज्छन तसर्थ घेरबार बिधुत्तीय हुनुपर्छ । जाली हालेर पनि निर्माण गर्न सकिन्छ्र विधुतीय छेकबार भन्दा यो बढी खर्चिलो भए पनि स्याल र जंगली कुकुरबाट जालीले बढी संरक्षण दिने गर्छ  । चरण परिक्रमा र Doe, Buck, र Weanlings लाइ छुट्टयाउनको लागि क्रस छेकबारको आवस्यकता पनि पर्न सक्छ ।

५. माउ बाख्रा राम्रो माउ हो भन्ने कुरा सुनिश्चित गर्न किन्ने बेला त्यस्तो बाख्रा किन्ने जुन पहिला नै बच्चा जन्माइसकेको थियो र बच्चाहरु राम्रा थिए ।  बोर बाख्रा वर्ष-वर्ष घुमाइ प्रजनन गर्न सक्छन । उच्च उर्बरता भएकाले, २ वर्ष मा एउटा बाख्राले ३ वोटा बच्चा निकाल्न सक्छ्र राम्रो खानपान र व्यवस्थापन दिन सकियो भने एउटा बाख्रा Doe बाट ६ देखी ९ ओटा बच्चा निस्किन सक्छ ।

६. व्यवसायमा छिर्नु अघि छरछिमेकमा अन्य किसानहरु संग परामर्श गर्ने तिनीहरुबाट भएका गल्ति तथा राम्रो कार्यहरुको बारेमा जानकारी लिने ।
७. पहिलो बोर बाख्रा पाउने बित्तिकै स्वचालित पानिको व्यवस्था गर्ने । तेसो गर्दा समय को वचत हुन्छ ।
८.  दानामा वचत गर्न धेरै मात्रामा एकैचोटी किन्ने ।  bag भन्दा bulk मा किन्ने ।
९.  फिडर त्यसरी राख्ने कि घेरबारमा प्वाल होस् अनि घेरबार भन्दा बाहिर झुन्डिएको होस  । यसो गर्दा बाख्राहरु उब्भीयर फिडरमा दिशा पिसाप गर्न पाउदैनन् ।
१०. ठुलो ठुलो खारमा धेरै रकम खर्च गर्नु भन्दा सानो सानो खारमा केहि खुल्ला क्षेत्रमा निर्माण गर्ने । खुल्ला क्षेत्रले परिक्रमा गरीगरी बाख्रालाइ आनन्द तरिकाले आहारा ग्रहण गर्न मद्दत पुर्याउछ ।

तस्विर अनिल न्याैपाने

आफ्नो बोर बाख्रालाई स्वस्थ राख्न के के गर्नु पर्छ ?
स्वस्थ बाख्रा नै उत्पादनसिल हुन्छ । बोर बाख्रा पहिले नै बलियो र स्वस्थ भएपनि केहि स्वाथ्य समस्याहरु हुन्छन जुन बेलैमा थाह पाएर उपचार र व्यवस्थापनको उपाय अपनाउन सकिएन भने व्यापारलाई ठुलो क्षति हुन सक्छ । बाख्रामा देखिने दुइ ओटा मुख्य समस्या भनेको Parasites (परजीबी) र फूट रट (खुट्टा कुहिने) हो । अरु प्रजातिको बाख्रा भन्दा बोर बाख्रा परजीबी को आक्रमण बाट बढी नै संबेदनसिल हुने गर्छन । रगत चुस्ने जुका Haemonchus contortus जसले रक्त अलपता गराउछ र जुका आन्द्रा मा बस्ने Coccidia जसले पखाला गराउने गर्छ र समयमा राम्रो उपचार नभए बाख्रा मर्न पनि सक्छ । अरु प्रकार का विभिन्न जुका हरु जुन आन्द्रा, फोक्सो, कलेजो मा बस्छन ।
बोर बाख्रामा पनि परजीबी र जुकाको जुका मार्ने औसधि संगको प्रतिरोध गर्ने क्षमता भएकोले यो ठुलो समस्या र बहसको विषय बनेको हो । गलत सूचना त पशु चिकित्सकको अभावले गर्दा पनि औषधि को गलत प्रयोग हुने गरेको छ । जति नै मात्रा बढाउदै गए पनि जुकाले औषधि प्रतिको प्रतिरोध (resistance) जुका नमर्ने हुन्छ । तसर्थ तलका उपायहरु अपनाउन जरूरी छ ।

१. जुकानासक औषधि को उचित मात्रा प्रयोग गर्ने । भेडालाइ खुवाउने मात्रा प्रयोग नगर्ने जबकि बाख्रालाई भेडालाइ भन्दा १.५ गुना बढी औषधि आवस्यकता पर्छ । निर्धारित भन्दा कम मात्रामा खुवाएदेखि जुका मा पुनः प्रतिरोध क्षमता बिकास हुन्छ ।
२. चरण परिक्रमाः परजीबीलाई अन्डा अवस्था बाट बयस्क अवस्थामा आउन २१ दिन लाग्ने गर्छ तसर्थ एउटा चरण बाट अर्को चरणमा फेर बदल गरि चरण गराए बाख्रा ले धेरै अन्दा अर्थात् लार्वा संकलन गर्न सक्दैनन् ।
३. राम्रो रेकर्ड राख्नेः कैले जुकानासक औषधि प्रयोग गरेको । कुन बाख्रामा जुकानासक औषधि प्रयोग गर्दा पनि जुकानास भएको छैन त्यसलाई छानेर मार्ने
४. जुकानासक औषधि कत्तिको प्रभावकारी भएको छ भएर थाहा पाउन दिसापिसापमा कति अण्डा छ भनेर चेकजाँच गर्ने ।
५. दाना पानि खुवाउने क्षेत्र सफा र सुक्का राख्ने
६. अरु प्रजाति संगै चरणमा लैजाने: बाख्रा र घोडाको परजीबी एउटा खालको हुदैन तसर्थ संगै चराए मा बाख्राको परजीबी घोडाले खाएर बाख्रा लाई बचाउन सक्छ ।
७. आफ्नो बाख्रा को लागि चरण गर्ने ठाउँ प्रशस्त भएको सुनिस्चित गर्ने र  यदी बाख्राको हुल धेरै छ भने एकै ठाउंमा बढी चरण हुन सक्छ र बढी परजीबी जम्मा गर्न सक्छ ।
स्वास्नलिको रोग
साना बोर बाख्राहरुलाई न्यूमोनियाले चाडै समात्छ । त्यसैले उनीहरुको गोठमा भिड, फोहोर र धुलो हुनु हुँदैन । कोलोस्ट्रम नचुसेको वा पोषण नपुगेको बाख्रालाई न्यूमोनिया हुने बढी संयोग हुन्छ । साधारणतया ब्याक्टेरियाको स्संक्रमणले हुने न्यूमोनिया देखिन्छ जसले ज्वोरो, खोकी, रुघा, सास फेर्न अप्ठ्यारो र खाना मान्न नलाग्ने हुन्छ । न्यूमोनिया संक्रमणको उपचारको लागि धेरै एन्टीबायोटिक बनेका छन् तर टेट्रासाइक्लिन र पेनिसिलिनबाट धेरै ब्याक्टेरियालाइ असर गर्दैन । कहिलेकाही बाख्राहरूको फोक्सोमा किरा पस्नाले, खोकी हुन्छ तर रुघा र ज्वोरो भने लाग्दैन ।

लेखक प्रा.डा. मोहन प्रसाद शर्मा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा पशु प्रजनन तथा जैविक प्रविधि बिभागमा कार्यरत हुनुहुन्छ ।

error: Content is protected !!