यसरी चल्दैछ इजरायलमा कृषि शिक्षा

इजरायल – साना किसान बैंक मार्फत इजरायलमा आधुनिक कृषिप्रणालीको अध्ययन गर्नको लागी यहाँ आएको करिब दूइ महिना बित्न लागिसकेको यस अवस्थामा हामिले नेपालमा भन्दा पृथक किसिमको कृषि प्रणलीका बारेमा अनुभव गर्ने सु–अवसर पाएका छौं ।

एक हप्तामा एक दिन सैद्धान्तिक कक्षा हुने, एक दिन शनिवार विदा हुने र बाँकी ५ दिन कार्यक्षेत्रमा गएर प्रयोगात्मक कार्य गर्नुपर्ने भएकोले यहाँको समयानुसार विहान ५:३० बजेबाट कामको समय शुरु हुने हुँदा सबेरै उठेर बनाएको खाना हटकेशमा राखेर सम्बन्धित ठाउँमा पुग्नु पर्ने र तोकिएकै समयमा काम सुरु गर्नुपर्ने भएकोले उक्त समयमा यहाँको काम लगाउने सुपरभाइजरको साथमा उसलेनै अह्राए अनुसार कामको सुरुवात हुन्छ सो सुपरभाइजर भने थाइल्याण्ड बाट यस देशमा कृषिक्षेत्रमानै काम गर्नका लागी ५ वर्षको भिसा लगाएर आएका हुन्छन् । यसरी काम गर्ने क्रममा दैनिक जसो फरक फरक काम गर्नुपर्ने हुन्छ । कुनै दिन तरकारीका बोटहरुलाई प्लाष्टिकको डोरीले बाँधेर ढल्नबाट जोगाउँदै माथितिर बढ्नका लागी आड दिनेकाम गर्नुपर्छ भने कहिलेकाहिँ खाँदिएर रहेका बोट हरुलाई खुल्ला गर्ने तथा च्यापिएका फल तथा नराम्रा तथा कम गुणस्तरका फलहरु टिपेर फ्याक्ने काम गर्नु पर्दछ ।

यहाँको खेतिगर्ने तरीका अतिनै अत्याधुनिक किसिमको रहेको छ । यस ठाउँ इजरायलको दक्षिणी भागमा पर्ने नेगेभ मरुभूमिको छेउमा पर्ने भएकोले हरिया बोट विरुवा उमार्न अनि हुर्काउन त्यति सहज छैन तरपनी अत्याधुनिक प्रविधिहरु अपनाएर यहा विभिन्न किसिमका हरितगृह तथा जालिगृह बनाएर त्यस भित्र तरकारी खेति गर्ने गरिएको छ ।

यस्तो मरुभुमिमा पानिको अभाव रहँदा रहँदै पनि जमिन मुनिबाट पानि निकाली विभिन्न प्रविधि अपनाएर शुद्धिकरण गरी थोपा सिंचाइको प्रविधिद्वारा हरेक विरुवाको फेद फेदमा कम्प्युटर प्रणलीबाट समय समयमा आफसेआप सिंचाइ हुने गर्दछ ।अझ अर्को रोचक कुरा के छ भने यहाँ तरकारी बालीमा लाग्ने हरेक किसिमका रोग तथा किटाणुहरुका लागी किटनाशक विषादी प्रयोग गर्नुको सट्टा उक्त किटाणुहरु खाएर नै सखाप पार्ने खालको अर्को किसिमको किरानै उत्पादन गरी तरकारीबाली लगाएको स्थानमा लगेर छोडिने गरिन्छ । त्यस्तै गरी यहाँ उत्पादन गरिएका हरेक किसिमका तरकारी तथा फलफूलहरुको यूरोप मूलुकका बजारमा निर्यात गरिने भएकोले कसरी थोरै लगानी , ठाऊँ र मेहनतमा उच्च गुणस्तरको उत्पादन गर्न सकिन्छ भन्ने तर्फ यहाँका किसानहरु दिनरात लागीरहन्छन् ।

यहाँको उच्च टेक्नोलोजी, व्यपकता, क्रिषिमा लगानि , खाद्द सुरक्षा र भण्डार अनि व्याव्स्थित बजार अतिनै प्रशंसनिय र लोभ लाग्दो छ । मरुभुमि – जहाँ पानि को श्रोत नै छैन र पनि पानि को ब्याबस्था, त्यो पनि कम्प्युटर प्राणालिबाट, प्रक्रितिलाई चुनौति दिएको छ ।

हाम्रो देशमा भने २०० २५० क्युविक मिटर प्रति बर्ष पानिको प्रवाह भएर पनि न्युनतम् सिंचाईको पनि ब्यवस्था छैन । समय र काम लाई संमान गर्ने यहाँको मानिस को लगाबले हामिलाई पनि समयमा चल्न मज्जाले सिकाएको छ । सुरुमा आउदा हामिलाई यो मरुभूमि देखेर बिरक्त लागेको थियो तर जब हामिलाई फिल्डमा पुरयाईयो अनि चमत्कार नै देखियो यहाँको बिकास ।

प्रक्रितिलाई चुनौतिको रुपमा लिएर लगनशिल यहाको क्रिषक को देन उल्लेख्य पाईएको छ । यहाँको नीति या तरिका नै भनौ, बेमौसमी खेति गरि युरोप र अमेरीका, अफ्रिका एसियाका केहि क्षेत्रमा मा यसको वजार रहेछ ।

यहाँको पश्चिममा रहेको भूमध्यसागरले यहाँको यतायत वजार लाई राम्रो फाईदा पुरयाएको छ । हाम्रो बसाई इजराईको दक्षिणी भाग पारान भन्ने ठाउँमा हो, जम्मा २ वटा पसल भएको यस ठाउमा खाध्यसुरक्षा लाई अति महत्व दिएको र हरेक खाध्यन्नलाई यसको प्रक्रिति अनुरुप उचित तापक्रममा ब्यबस्थित बनाएर राखेको छ । जसले बढि भएको खाध्यन्न लाई स्टोर गर्न बेमौसमी उत्पादित खध्य बस्तुलाई लामो समय स्टोर गर्न र निकासा गर्दा पनि खाद्यान्नको गुण र स्वरुपमा सुरक्षित बनाउदो रहेछ ।

यहाँको अनुसन्धान केन्द्र साच्चै अनुसन्धान को लागी मोडल नै रहेछ । जहाँ असंभव भन्ने नै छैन । तापक्रमलाई संतुलनमा राख्न जडान गरिएका सोलारहरु, प्रत्येक घरमा राखिएका सोलारहरुले यहाको बिद्युत लाई ठुलो टेवा पुर्याएको छ ।

व्यावस्थित रुपमा बनाईएका घरहरु कुनै जाली घर त कुनै प्लाष्टिक र मेटलले बनाएकोजस भित्रउचित मात्रामा र ठिक ठिक समयमा स्वतः आउने पानीको मात्रा जसमा नाईटैजनयक्त तत्व पनि पानी सँगै आउछ । हामी प्रत्येकले फरक फरक विषयमा अनुशन्धान गरी पेपर तयार गर्नु पर्छ । जसको लागी सुपरभाईजरले हप्ता या दुई हप्ताके एक दिन बैलुका स्पोर्ट सेन्टर नजिक रहेको शुन्दर हलमा क्लास दिनु हुन्छ । राती भएर पनि व्यावस्थित भएर होला हामीलाई कुनै समस्या पर्दैन ।

मरुभुमि भएर पनि करिव १००० देखि १५०० मिटर गहिरो जमिन भित्रवाट उच्च प्रविधि वाट पानिलाई सतहिमा ल्याई वाहिरी वातावरण को तापक्रममा मिलाउन जडान गरिएको अत्याधुनिक मेसिनवाट पानिलाई चिसो वनाउनुको साथै उच्च बिधिवाट नुन र मिनरल्स् को मात्रालाई हटाई पिउन योग्य र कृषिमा सिंचाईको लागी विशेष तरिका वाट पानीको ब्यावस्थापन गएिको छ, अझ पानीमा नै फर्टिलाईजर मिलाई विरुवा, फल र समय अनुरुप सिंचाई गरीएको देख्दा अचम्म लाग्दो छ । जाली घर, प्लाष्टिक घर, ग्रिन हाउस, आदि जहाँ किरा, रोग अनी संक्रमण लाई नियन्त्रण कृतिम तरिकाले बिकास गरिएको फाईदाजनक किरा जसलाई बायोबि भनिदो रहेछ, यसको भूमिका पनि प्रशंसनिय छ । त्यस्तो अत्याधिक किटनासक को प्रयोग गरेको कमै पाईन्छ । चाहे क्लासमा जाँदा या प्राक्टिकल या काममा जादाँ होस् हातमा पाँच लिटरको पानीको भाडो, खाजा, खाना बोकेर जाने हाम्रो दैनिकि अर्को रमाईलो पक्ष बनेको छ यहाँ

युनिभर्सिटीमा अध्यायनरत विद्यार्थीहरु, शैन्य तालिमका लागी उमेरले पुरा भएका व्याक्तिहरु पनि कृषि कार्यमा निश्चित समयसम्म संलग्न हुनु पर्नै यहाँकौ नियम रहेछ ।

गर्मिमा अति गर्मि अनि जाडौ मा पनि त्यस्तै जाडो हुने यो ठाँउ जोर्डन देशको सिमाना नजिक भए पनि कुनै समस्य नभएको यस ठाँउमा तालिम काम र अध्यायन पश्चात बेलुका प्रायजसो सबै नेपालीहरु जम्मा हुने फुटबल, खेल्ने,, कहिले काहि थाईल्याण्ड, लाऔस, कम्बोडिय का साथीहरुसँग मैत्रिपुर्ण खैल समेत हुने गरेको छ ।

खेल मैदानमा भने रातीमा बत्तिको राम्रो व्यावस्था, कुनै पनि खेल खेल्न सकिन्छ । नजिकै स्वइमिङपुल, भलिवल, फुटवल, टेनिस, ब्याड मिल्टन खेल्ने ठाँउ र ठाउँ ठाउँमा हरियाली दुबोको चौर यहाको मुख्य आकर्षण छ ।

अर्को तर्फ भगवान भट्ट, महेश्वर घले, रामकुमार सुनार, बिनोद अर्याल लगाएतका साथीहरुले, मादल, मुजुरा, झुर्मा, बासुरी को तालमा बेलाबखत गाईने नेपाली शैलिको लोक भाका र सन्तोष बस्नेत लगाएतको को नृत्यले, मनोरन्जन का साथै राष्ट्रियता प्रति अझ बढि जिम्मेवार बोध गराउँछ ।-उज्यालाेबाट

Leave a Reply