वनको उपयोगिताको लागि वैज्ञानिक वन व्यवस्थापन जरुरी

काठमाडौं – वनको दिगो उपयोगका लागि वैज्ञानिक वन व्यवस्थापन जरुरी रहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन्।

सामुदायिक वन उपभोक्ता महासंघको २३ औंँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वन क्षेत्रको उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्ने स्पष्ट कार्यदिशाका साथ मन्त्रालय अगाडि बढेको बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले वन क्षेत्रको उपयोग र विकास निर्माणका काम गर्दा आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply