सावधान ! तपाइँकाे कफि खेतीमा पनि यस्ताे राेग लाग्न सक्छ

  •  
  •  
  •  
  •  
  •  
  •  

चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग अहिले देशका विभिन्न जिल्लामा फैलिएको छ ।

कफी उत्पादन हुने कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, मकवानपुरलगायतका जिल्लामा सिन्दुरे रोग फैलिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ । बाली रोग विज्ञान महाशाखा वैज्ञानिक चेतना मानन्धरका अनुसार  हावाबाट सिन्दुरे रोग फैलने गर्छ।

शुरुमा पातको माथिल्लो भागमा सानो पहेँलो धब्बाबाट शुरु हुने सिन्दुरे रोगको उपचार नहुँदा बोट नै मरेर जान सक्छ । विज्ञहरुका अनुसार यो रोग लागेपछि बेला नहुँदै पात झर्छ र प्रकाश संश्लेषण प्रक्रिया कमजोर बन्छ ।

नेपालमा उत्पादन हुने कफी प्राङ्गारिक भएकाले विदेशमा समेत माग बढिरहेको छ । त्यसैले रोगको व्यवस्थापन प्राङ्गारिकरहित तरिकाले गर्नुपर्छ।

कसरी बच्ने ?

कफीको ओसार–पसारमा निगरानी बढाउने र रोग अवरोधक जात लगाउँदा सिन्दुरे रोग लाग्ने सम्भावना कम गर्न सकिन्छ । उचित छहारी र बोटको काँटछाँटको व्यवस्था गरेर पनि सिन्दुरे रोगलाई कम गर्न सकिन्छ ।

तीनदेखि पाँच मिटरको फरकमा कफीका बिरुवा लगाउन र बगैँचाको सफाइमा ध्यान दिनुपर्छ । पोटासको प्रयोगले रोग बढाउने हुनाले किसानले मलखाद प्रयोग गर्दा नाइट्रोजन र फसफोरसको प्रयोग बढाउनुपर्छ ।

नेपालमा कफि खेती 

नेपालमा वि.सं. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले वर्माबाट बिउ ल्याएर कफी खेतीको शुरुवात गरेका थिए । यसैक्रममा पाल्पा, स्याङजा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदी जिल्लाहरुमा कफी खेतीको बिस्तार हुँदै गयो ।

भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा अराविका कफीको राम्रो सम्भावना देखिएपछि इलाम, संखुवासभा, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ, उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, नुवाकोट, पयूठान, रोल्पा दाङ, रुकुम, सल्यान, सुर्खेत, दैलेख डोटी, डडेलधुरा, रसुवा, खोटाङ र बैतडी जिल्लामा पनि व्यवसायीक कफी खेतीको शुरुवात भएको छ ।

नेपालको मध्य पहाडि जिल्लाको ८ देखी १७ सय मिटरसम्मको उचाई सम्म अराविका जातको कफी खेती गर्न सकिन्छ ।

अराविका जातको कफी खेतीको लागि आवाश्यक पर्ने ७० देखी ८० प्रतिशत सापेक्षिक आद्रता, १६०० देखि २५०० मिलिमिटर सम्म बर्षा र कम्तीमा १० देखी १२ घण्टा घाम लाग्ने र १५ देखी २५ डिग्रि सेन्टीग्रेड तापक्रम, अधिकासं उत्तर–पुर्बी र दक्षिण–पुर्बी मोहडा यहि भौगोलिक क्षेत्र भित्र पाईन्छ ।

नेपालका सबै पहाडी जिल्लाहरुमा कृषि लगायत ग्रामिण सडकका साथै यातायात संजालको विकास हुने क्रम बढ्नुको साथै पछिल्लो समयमा सरकारका बिभिन्न कार्यक्रम अन्र्तगत सिंचाई, बिजुली सबै ठाउँमा पुगीसकेको कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!