हुम्लामा स्याउ भण्डारण गर्न चिन्ता

  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्ला । हुम्लामा स्याउ भण्डारण गर्न चिन्ता भएको छ। हुम्ला सिमकोटका स्याउ किसानलाई स्याउ टिपेर भण्डारण कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । टिप्नका लागि ठिक्क भएको स्याउलाई टिपेर कता राख्ने भन्ने चिन्ता भएपछि किसानले चिस्यान केन्द्रको माग गर्न थालेका छन् ।

अहिले फलेको स्याउलाई भण्डार गर्न पिरालो सुरु भएको हुम्लाका किसानले बताए । सिमकोटमा बिक्री गर्ने बजार छैन र भण्डारण गर्ने ठाउँ पनि छैन । बारीभरि फलेका स्याउलाई के गर्ने भन्ने चिन्ता भएको छ ।

पाँच बोटदेखि पाँच सय स्याउका बोट लगाउने किसानको सङ्ख्या हुम्लामा तीन सयभन्दा बढी भएको कृषि विकास कार्यालयले जनाएको छ । रेड, गोल्डेन, चकलेटी र जोनाथन प्रकारका स्याउ यस जिल्लाको ५४० हेक्टर जमिनमा लगाएको भए पनि हाल लगाएका स्याउमध्ये उत्पादन हुने बोटबाट १७३ मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको आँकडाले देखाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here