spot_img

२०१८ लाई स्वच्छ नेपाल अभियान : सगरमाथामा फाेहाेर बढेकाेमा सराेकारवालाकाे चिन्ता

काठमाडाैं – सरकारले सन् २०१८ लाई स्वच्छ नेपाल अभियान शुरु गरेकाे छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रिया कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सकेको जानकारी दिँदै सफा सगरमाथाको लागि महाभियान चलाइने बताएका छन् ।

नेपालको आफ्नो कारणले मात्र नभई विश्वव्यापी समस्याका कारण नेपालले पनि त्यसको असर भोग्न परेको भन्दै मन्त्री बस्नेतले यस विषयमा विकसित राष्ट्रसँग आफ्ना कुरा राख्ने बताएका थिए ।

जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

नेपालको पहिचान सगरमाथा भए पनि सगरमाथाको फोहर र वावातवरणीय समस्याका कारण सगरमाथालगायत अन्य हिमाल जोखिममा पर्दै गएको उहाँहरुको धारणा थियो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सगरमाथा र अन्य हिमालको संरक्षण र सम्बर्द्धन बिना नेपालको पर्यटनले गति लिन नसक्ने बताए ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण नेपालका हिमनदी जोखिममा रहेको र यसले नेपाली जनजीवनलाई असर गरिरहेको बताएका थिए।

2 COMMENTS

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार