खाद्य संकट क्षेत्रमा खाद्यान्न पठाइयो

बाँके – जाजरकोट सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानबाट खाद्य संकट क्षेत्र बारेकोट गाउँपालिकामा ३० क्विन्टल चामल पठाइएको छ । केही समय यता सो क्षेत्रमा खाघ्घ संकट उत्पन्न भएको छ ।

सो क्षेत्रसँगै दार्चुलाको विभिन्न क्षेत्रमा पनि खाद्य अभाव देखिएको छ । सो क्षेत्रको संकटलाई समाधानका लागि त्यसतर्फ पनि खाद्यान्न पठाउने तयारी भएको क्षेत्रिय कार्यालय नेपालगंजले जनाएको छ ।