प्रकृतिबाट विकास सम्भव छ : मन्त्री थापा

[visibility visible_on=”desktop”]चितवन – गृहमन्त्री रामबहादुर थापाले प्रकृति र मानवबीचको सम्बन्धबाट नै विकास गर्न सकिने बताएका छन् । [/visibility]

जिल्ला विपद् व्यवस्थापन समिति चितवनले भरतपुरमा आयोजना गरेको थापाले प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सके विकासले गति लिने बताए ।

गृहमन्त्री थापाले भने ‘हावालाई सदुपयोग गर्न सके विन इनर्जी निकाल्न सकिन्छ, घामलाई सदुपयोग गर्न सके सौर्य ऊर्जा निकाल्न सकिन्छ र पानीलाई सदुपयोग गर्न सके विद्युत् निकाल्न तथा जलयात्रा गर्न सकिन्छ ।’

सो अवसरमा गृहमन्त्रालय विपद् व्यवस्थापन महाशाखाका सहसचिव केदार न्यौपानेले विश्वका अन्य देशको तुलनामा हाम्रो देश उच्च जोखिममा रहेको उल्लेख गर्दै विपद् आउन नदिन र यसको न्यूनीकरणका लागि सतर्कता अपनाउन जरुरी रहेको बताए ।

अहिले पनि जोखिम देशको सूचीमा नेपाल १५ नम्बरमा रहेको विज्ञहरुकाे भनाई छ ।