धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ : मुख्यमन्त्री भट्ट

  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी, २६ असोज – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन दिनुभएको छ ।

आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले धानको बिक्री गर्दा किसानलाई घाटा व्यहोर्नु नपरोस् र लागतअनुसारको उचित मूल्य पाउने योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टको पनि सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!