किसानले गाई भैसी पाल्न छोडे, ५० प्रतिशत दुध भारतबाट आयात

  •  
  •  
  •  
  •  
  •  
  •  

किसानलाई गाई भैसी पालनतर्फ आकर्षित गर्न नसक्दा दुध आयात हुने क्रम बढ्दै गएको छ । मुलुकलाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत दुध भारतबाट आउने गरेको छ ।

देशभर दैनिक करिब १८ लाख लिटर दुध खपत हुने गरेको छ । त्यसमध्ये ९ लाख ५० हजार दुध स्वदेशमै उत्पादन हुनेगर्छ भने बाँकी ५० प्रतिशत दुध भारतबाट आउने गरेको छ । कृषि मन्त्रालयका अनुसार मुलुकमा ११ लाख दुधालु भैसी र ९ लाख भन्दा बढी दुहुनो गाई छन् । तर, ती गाई भैसीले दिने दुध ६३ प्रतिशत संकलन केन्द्रसम्म आइपुग्दैन ।

देशभर १ हजार ५ सय ९४ दुध संकलन केन्द्र छ । त्यसमा दैनिक ९ लाख ५५ हजार लिटर दुध संकलन हुने गरेको छ । सहकारी खुलेपछि किसानलाई दुग्ध बेच्न सजिलो भएको छ । मुलुकमा सन् १९५६ देखि दुग्ध सहकारी संचालन हुन थालेको हो ।

सरकारले ३ वर्षभित्र दुधमा आत्मनिर्भर हुने लक्ष्य लिएपनि किसानलाई गाई तथा भैसी पालनतर्फ आकर्षित गर्न सकिएको छैन । कामदार ज्याला महंगिदै जाने र उत्पादित दुधको मूल्य भने त्यही अनुपातमा नबढ्दा किसानले दुध उत्पादन पेशाप्रति रुचि देखाएका छैनन् ।

किसानलाई दुध उत्पादन पेशामा आकर्षित गर्ने कार्यक्रम सरकारले नल्याएकै कारण बर्षेनी लाखौ हजार लिटर दुध भारतबाट आयात गर्नुपर्ने अवस्था कायम छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!