आलुकाे फूलबाटै उन्नत जातकाे बीउ उत्पादन

  •  
  •  
  •  
  •  
  •  
  •  

पहिले आलु फूल्छ अनि मात्रै फल (दाना) लाग्न सुरु हुन्छ । फूलमा लागेको दाना बीउका लागि सङ्कलन गरिन्छ भने माटोभित्र फलेको आलु बिक्री गरिन्छ ।

समुद्री सतबाट करिब दुई हजार दुई सय मिटर अग्लो स्थानमा रहेको बैतडी र बझाङको सीमा क्षेत्रमा पर्ने चिरबित्थड गाउँका २५ जना किसानले लगाएको उन्नत जातको आलुको कथा हो यो ।

बित्थड गाउँका २५ जना किसानले बाँझो रहेको एक सय रोपनीभन्दा बढी जमिनमा सामूहिक आलु खेती सुरु गरेको चिरबित्थड गाउँपालिका १ का किसान मानबहादुर बोहराले बताउनुभयो । आलु खेती गर्न चिरबित्थड गाउँपालिकाले तीन लाख रुपियाँ सहयो गरेको बोहराले बताउनुभयो ।

बाहै्र महिना चिसो रहने चिरबित्थड गाउँको अलु निकै स्वादिलो हुन्छ । मल र विषादीको प्रयोग नगरिएकाले यो आलुको दाना सानो भए पनि आलु असाध्यै मीठो हुने स्थानीयको भनाइछ ।
बैतडी सदरमुकाममा आलुको प्रतिकिलो ५० रुपियाँ पर्ने भए पनि चिरबित्थडको आलु भने २० रुपियाँ किलोमा बिक्री गरिरहेको स्थानीय किसानले बताएका छन् ।

उत्पादन अनुसार आलुले मूल्य नपाए पनि आलु फलाउन भने नछोडेको किसानहरूले बताएका छन् ।

विदेश जानुभन्दा गाउँमै आलु फलाएर जीविका चलाउन सकिने सम्भावना देखेर चिरबित्थड गाउँपालिकाले आलु खेती गर्न तीन लाख रुपियाँ सहयोग गरेको गाउँपालिकाका कर्मचारी शिवलाल साउदले बताउनुभयो ।

बित्थडलाई आलु पकेट क्षेत्र बनाउने उद्देश्यले किसानहरूलाई सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बोहराले बताउनुभयो ।

गाउँपालिकाबाट आलु खेतीका लागि किसानहरूलाई प्रोत्साहन गरेपछि यो वर्ष बित्थड गाउँबाट मजदुरी गर्न जाने किसान ह्वात्तै घटेको गाउँपालिकाको दाबी छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here