खानेपानीमा एडीबीकाे सहयाेग

खाेटाङ – 

दिक्तेलकाे रुपाकोट मझुवागढी नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि एशियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास विभाग काठमाडौँका निर्देशक रामचन्द्र यादवबीच आइतबार सम्झौतापत्रमा खानेपानी व्यवस्थापनका लागि हस्ताक्षर भएकाे छ ।

एडीबीकाे सहयाेगबाट दिक्तेलबजारका १ हजार १ सय घरधुरीले स्वच्छ खानेपानी पिउन पाउने भएका छन् । खानेपानी आयोजनाका लागि हप्तादिन भित्रमा टेण्डर आह्वान गर्ने नगरपालिकाले जानकारी दिएकाे छ ।

३२ करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजनाका लागि उपभोक्ताको पाँच प्रतिशत, सात करोड नगर विकास कोषबाट ऋण अनुदान र ७० प्रतिशत अर्थात् अन्य रकम एडिबीको सहयोगमा हुने नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।