कृषि तथा वनविज्ञान विश्वविद्यालयले हेटौंडामा वन संकायको शैक्षिक भवन बनाउने

  •  
  •  
  •  
  •  
  •  
  •  

कृषि तथा वनविज्ञान विश्वविद्यालयले हेटौंडा स्थित वन संकाय क्याम्पसका लागि करिब १० करोड लागतमा ५ तल्ले शैक्षिक भवन निर्माण गर्न सुरु गरेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनापछि हेटौंडामा वनविज्ञान संकायको डीन कार्यालय स्थापित छ । १० वर्ष अघि विश्वविद्यालय गठन भएर साढे छ वर्षअघि वन संकाय डीन कार्यालय सञ्चालनमा आएपछि पहिलो पटक भवन निर्माण गर्न लागिएको हो ।

भवनको अभावमा स्नात्तक तथा स्नात्तकोत्तर तहको अध्ययन बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सञ्चालित छ । सरकारले विश्वविद्यालय स्थापना गरे पनि भौतिक संरचनाको अभावमा लामो समयदेखि वनविज्ञान संकाय कष्टकर अवस्थामा संकायको शाखाहरु त्रिभूवन विश्वविद्यालयको वनविज्ञान संस्थानअन्तर्गत हेटौंडास्थित क्याम्पसको प्रशासनिक भवनमा आड लिएर बस्न बाध्य छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गतको वनविज्ञान संकायको स्नातक तहमा ३ सय २० जना, स्नात्तकोत्तर तहमा एक सय र विद्यावारिधी उपाधीका लागि तीनजना विद्यार्थी अध्ययनरत छन् ।

२ वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी बानियाँ निर्माण सेवासँग ठेक्का सम्झौता भएर डीनको कार्यालयले भवन निर्माण गर्ने स्थल पनि उपलब्ध गराइसकेको छ । करिब १३ करोड लागत अनुमानसहित टेण्डर आव्हान गरिएकोमा प्रस्ताव आव्हान गरेका निर्माण कम्पनिमध्ये बानियाँ निर्माण सेवासँग ९ करोड ८९ लाख रुपैयाँमा निर्माण सम्झौता भएको कृषि तथा वनविज्ञान विश्वविद्यालय वन संकायका डीन डा. बलराम भट्टले जानकारी दिए ।

५ तल्ले भवन निर्माणपछि शैक्षिक क्रियाकलापका लागि वनविज्ञान संकायलाई सहज हुने डीन डा. भट्टको भनाई छ । पाँच तल्ले शैक्षिक भवनमा कूल २० वटा कोठा हुनेछन् । ती कोठामध्ये पाँच वटा प्रयोगाशाला, एउटा पुस्तकालय र एउटा सभाकक्ष पनि हुनेछ । नयाँ भवन पूर्णतः शैक्षिक भवनको रुपमा रहनेछ । नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको भवनलाई कम जमिनमै निर्माण गर्ने उद्देश्यले ५ तल्लाको अग्लो बनाउन लागेको पनि डीन डा. भट्टले जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here