डिन नियुक्ती प्रकृयाले तात्यो कृषि विश्वविद्यालय, पठनपाठन ठप्प पारेर प्राध्यापकको आन्दोलन

  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा केही दिनयता पठनपाठन ठप्प छ । विश्वविद्यालयले कृषि र पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय तर्फ गरेको डिन नियुक्ती प्रकृयालाई लिएर विश्वविद्यालयमा पठन पाठन ठप्प भएको हो । डिन नियुक्त गर्दा विश्वविद्यालयले बनाएका मापदण्डको आधारमा गनुपर्ने रामपुरका प्राध्यापकको माग थियो । तर, विशवविद्यालयले मापदण्ड बिपरित डिन नियुक्त गरेको प्राध्यापकहरुको आरोप छ । डिन नियुक्त प्रकृया पारदर्शी नभएको पनि उनीहरुको आरोप छ ।

पीएचडी गरेर डा. उपाधि हासिल गरेको ब्यक्तिलाई डिन बनाउनुपर्नेमा राजनैतिक भागबन्डाको आधारमा डिन नियुक्त गरेको उनीहरुको आरोप छ ।
डिन नियुक्त प्रकृयामा असहमती जनाउँदै विश्वविद्यालयको जैविक प्रविधि केन्द्रका निर्देशक सह प्राध्यापक डा.इश्वरी प्रसाद कडरियाले राजिनामा नै दिएका छन् ।

त्यस्तै नेपाल प्रगतिशिल प्राध्यापक संगठन रामपुरले पनि डिन नियुक्ती प्रकृयाको विरोध गरेको छ । संगठनले विज्ञप्ती नै निकालेर राजनैतिक भागबन्डाको आधारमा गरिएका सबै नियुक्ती खारेजीको माग गरेको छ । आफ्ना माग पूरा नभएसम्म विश्वविद्यालयमा पठन पाठनका ठप्प पार्ने संगठनले बताएको छ ।


  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares
error: Content is protected !!