कृषक मैत्री कार्यक्रममा गैडाकोट नगरपालिका

नवलपरासी, वैशाख १४-

गैडाकोट नगरपालिका कार्यालयले चालु आर्थिक वर्षमा विभिन्न शीर्षक मा बजेट बिनियोजन गरेर काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष मा पाँच वटा बोरिङ समान २० लाख का दरले १ करोड रुपैयाँ बराबरको रकम बिनियोजन गरेर खर्च गरिसकेको मेयर छ्त्रराज पौडेलले बताउनुभयो ।

त्यस्तै गरी कात्तिक, मङ्सिर, पुससम्म मा ५३ हजार बराबरको ७ सय ५० पोका पचास प्रतिशत अनुदानमा च्याउको बीउ बितरण ,विभिन्न जात का तरकारीको बीउ बितरण ,माटो परीक्षण शिबिर चैत सम्ममा सम्पन्न भएको छ । साथै अगुवा कृषकलाई आधुनिक कृषि सम्बन्धि तालिमको पनि योजना रहेको उहाँले बताउनुभयो ।

बेसार खेतीको बीउ वितरण का लागी १ लाख बीस हजार रुपैया छुट्टयाइएको छ । हिउँदे फलफूल को ढुवानी ,स्प्रे ट्यान्की बितरण,धानको बीउ बितरण, सामुदायिक नर्सरी को कार्यक्रम ,५० वटा मौरी को घार बितरण,किसान लाई त्रिपाल बितरण लगायतका योजना कार्यान्वयन हुन बाकी रहेको मेयर पौडेल बताउनुभयो ।