किसानलाई सल्लाह दिन अब ‘कृषि ज्ञान केन्द्र’

  •  
  •  
  •  
  •  
  •  
  •  

बागलुङ –

पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना  गरिएकाे छ । पर्वतमा स्थापना गरिएकाे ‘कृषि ज्ञान केन्द्र’ले बागलुङ र पर्वतमा कृषकहरुलाई सुझाव दिने प्रवन्ध मिलाएकाे हाे ।

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो ।मन्त्रालयले गण्डकी प्रदेशभित्र छ वटा कृषि ज्ञान केन्द्र तथा सात वटा पशु अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरी कृषि र पशुसेवालाई कृषकका बीचमा सहज पहुँचको व्यबस्था गरेको मन्त्री लेखबहादुर थापाले बताए।

कृषि ज्ञान केन्द्रमा माटो परीक्षणलगायतका प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिने तयारी गरिएको छ ।  प्राविधिक सहयोग र कार्यक्रमसमेत सञ्चालन गरी कार्यालय स्थापना गरिएको प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!