कृषि मन्त्रालयले किसानसँग कृषिमन्त्री कार्यक्रम ल्याउने

काठमाडौं – सरकारले किसानका गुनासा तथा समस्या सुन्न र समाधान गर्नका लागि किसासँग कृषिमन्त्री कार्यक्रम ल्याउने भएको छ । सरकार गठन भएपछि मन्त्रालयका तर्फबाट भए गरेका प्रगति विवरण तयार पारी सार्वजनिक गर्ने तयारी पनि मन्त्रालयले गरेको छ।

चालू आवका लागि विनियोजित बजेट तथा कार्यक्रम समयमै शुरुआत गरी समयमा नै सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने, मन्त्रालयमा गुनासो व्यवस्थापन कक्ष एक हप्ताभित्र निर्माण गरी सञ्चालनमा ल्याउने पैसा नलाग्ने नम्बर राखी कृषकका गुनासा, समस्या बुझ्न कृषकसँग कृषिमन्त्री कार्यक्रम नियमित सञ्चालन गर्नेलगायतका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

किसान र जनताका गुनासा नियमितरुपमा टेलिफोन, फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिकमार्फत सुन्ने प्रणालीको विकास गर्ने र यसका लागि कम्तीमा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा उक्त कक्ष सञ्चालन गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट निर्माणाधीन झापा, विराटनगर, जनकपुर र बुटवलस्थित एकीकृत कृषि वजा यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउनसमेत विशेष पहल गरिने भएको छ ।

error: Content is protected !!