कृषि विश्वविद्यालय स्थापनाको ११ वर्ष र आगामी चुनौतीहरु

  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

देशको एकमात्र प्राविधिक विश्वविद्यालयको रुपमा देशको अर्थतन्त्रको मुख्य आधार मानिएको कृषि क्षेत्रमा शिक्षण, अनुसन्धान र प्रसार समेतको जिम्मेवारी सहित स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनाको असार ३, २०७८ मा ११ वर्ष पुरा भएको छ । स्थापना दिवसको अवसर पारेर विश्वविद्यालयले भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्याे ।

निरन्तर रुपमा शैक्षिक गुणस्तरसँगै प्रशासनिक क्षमतामा पनि आएको ह्रासले समयमै परिक्षा नहुने, परीक्षाफल प्रकाशित नहुने, एउटा सत्रान्त सक्न एक वर्ष भन्दा बढी समय लाग्ने, बेलैमा शैक्षिक प्रमाणपत्र जारी गर्न नसक्ने, विकास बजेट पूर्ण रुपमा खर्च नहुने, नयाँ प्रविधि अबलम्बनमा ढिलाई, फार्म अन्तर्गत दयनिय अवस्था लगायतका समस्याले विद्यार्थीहरु प्रताडित भैरहेका छन्।

अन्तरक्रियामा पूर्व पदाधिकारी, वर्तमान पदाधिकारी, प्राध्यापक, कर्मचारी एवम केहि विद्यार्थीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विश्वविद्यालय स्थापनाको उद्देश्य र हालको विश्वविद्यालयको अवस्था र विश्वविद्यालयको विभिन्न पाटोहरुमाथि छलफल केन्द्रित रह्यो भने सम्पूर्णको निष्कर्षमा केहि अपवाद छोडेर विश्वविद्यालय अपेक्षा अनुसार चल्न नसकेको र बिगतको तुलनामा गुणस्तर पनि कायम गर्न संघर्षरत रहेको भन्ने नै रह्यो । विद्यार्थीहरुको गुनासोको चाङ्ग सम्बोधन गर्न विश्वविद्यालयले आगामी दिनमा धेरै सुधार गर्नुपर्ने देखियो ।

विश्वविद्यालय स्थापना देखि नै त्रिविसँगको सम्पत्ति विवादका कारण अपेक्षाकृत रुपमा अगाडी बढ्न नसकेको विश्वविद्यालयमा एकपछि अर्को गर्दै रंगशाला विवाद, निजि क्याम्पस सम्बन्धन विवाद र निरन्तरको राजनैतिक जुधाईले गर्दा विश्वविद्यालय थला परेको मात्र छैन सम्पूर्ण गतिविधिहरु नै नराम्ररी प्रभावित भएको छ ।

निरन्तर रुपमा शैक्षिक गुणस्तरसँगै प्रशासनिक क्षमतामा पनि आएको ह्रासले समयमै परिक्षा नहुने, परीक्षाफल प्रकाशित नहुने, एउटा सत्रान्त सक्न एक वर्ष भन्दा बढी समय लाग्ने, बेलैमा शैक्षिक प्रमाणपत्र जारी गर्न नसक्ने, विकास बजेट पूर्ण रुपमा खर्च नहुने, नयाँ प्रविधि अबलम्बनमा ढिलाई, फार्म अन्तर्गत दयनिय अवस्था लगायतका समस्याले विद्यार्थीहरु प्रताडित भैरहेका छन्।

त्यसमाथि विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले गर्दा शैक्षिक कार्यक्रममा झन् अन्योलको अवस्था रहेको छ । भर्चुअल माध्यमबाट अध्यापन कार्य संचालन भैरहे पनि परिक्षा संचालन सम्बन्धि खासै प्रगति हुन सकेको छैन। खोपको अनिश्चितता र लम्बिदै गएको निषेधाज्ञाले गर्दा शैक्षिक कार्यक्रम थप अन्योलमा पर्ने निश्चित छ।

विश्वविद्यालय अन्तर्गत हाल केन्द्रिय क्याम्पसमा २१५ जना र ८ वटा आंगिक क्याम्पसमा ४०० र सम्बन्धन प्राप्त निजि कलेजमा समेत ३०० गरी कुल ९१५ विद्यार्थी वार्षिक स्नातक तहमा भर्ना हुन्छन । हाल स्नातक तहमा केन्द्रिय क्याम्पसमा ५ वटा ब्याचमा लगभग १००० जना, आंगिक क्याम्पसमा फरक फरक ब्याच गरेर लगभग ११०० र निजि क्याम्पस समेतमा गरि ५०० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। केन्द्रिय क्याम्पसको कुरा गर्दा स्नातकोत्तर एवम विद्यावारिधि तहमा समेत २५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

समस्या

केन्द्रिय क्याम्पसको कुरा गर्दा त्रिवि अन्तर्गत हुदा ५० जना विद्यार्थीको लागि निर्माण गरिएको संरचनामै हाल बार्षिक ७०० विद्यार्थी अध्ययन गरिरहेका छन। जैविक प्रविधि केन्द्र स्थापना र त्यसको स्तरोन्नतिसँगै केहि कक्षाकोठा निर्माण भएतापनि त्यो बाहेक विश्वविद्यालयले स्थापनाको १० वर्ष पुग्दा समेत भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन् ।

केन्द्रिय कार्यालय निर्माण बाहेक यो अवधिमा विद्यार्थीलाई गुणस्तरीय अध्यापनमा सहयोग पुग्ने गरि प्रयोगशाला, अत्याधुनिक पुस्तकालय, आधुनिक कक्षाकोठा लगायतको संरचना निर्माणमा पाइला चाल्न सकेको देखिदैन् ।

शैक्षिक कार्यक्रम तर्फ मत्स्य विज्ञान विषयमा स्नातक तहमा र झार व्यवस्थापन, बीउ विज्ञान र प्रविधिसँगै एग्री बिजनेस व्यवस्थापनमा स्नातकोत्तर तहमा अध्यापन सुरु गरेता पनि समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा विश्वविद्यालयले अझै धेरै गर्नु पर्ने आवश्यकता रहेको छ । कृषकस्तरमा रहेका समस्या समाधानको लागि निरन्तर अनुसन्धान र सो बाट प्राप्त प्रविधिको उचित प्रसारको कार्यमा पनि विश्वविद्यालय धेरै अगाडी बढ्न सकेको छैन।

सरकारको घोषणा अनुरुप देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय अन्तर्गतका आंगिक कलेजहरुको संरचना, जनशक्ति एवम स्रोत र साधनको अभावमा प्रभावकारी विकास हुन सकेको छैन् । अधिकांश आंगिक कलेज स्थानीय विद्यालयको सिमित संरचनामा कार्यक्रम संचालन गर्न बाध्य छन् भने कतिपय आंगिक कलेजमा दुई ब्याच पास आउट हुँदा सम्म पनि न्यून गुणस्तरको एउटा पनि प्रयोगशाला बन्न सकेको छैन् ।

नयाँ खुलेका आंगिक कलेजमा स्नातक तह अध्यापनको न्यूनतम मापदण्ड कहिले पुग्ने हो त्यो अझै पनि अनिश्चित नै रहेको छ । स्नातक तहमा कुल पाठ्यक्रमको ३०¼ हिस्सा रहेको पशु विज्ञान सम्बन्धि प्राविधिक ज्ञान प्रभावकारी रुपमा प्रवाह गर्न अनिवार्य मानिएको पशु फार्म हाल सम्म पनि कुनै आंगिक कलेजमा स्थापना हुन सकेको छैन् । रामपुरमै रहेको फार्म पनि कुशल व्यवस्थापनको अभावमा दिन प्रति दिन खस्किदो अवस्थामा रहेको छ।

चुनौती
स्थापनाको सुरुवाती वर्षहरुमै आफ्नै गुणस्तर कायम गर्न संघर्षरत रहेको विश्वविद्यालय मार्फत सम्बन्धन लिएका निजि क्याम्पसहरुमा समेत पूर्वाधारको अवस्था र शैक्षिक कार्यक्रम हरुको प्रभावकारी अनुगमन हुन सकेको छैन् ।

यसको प्रत्यक्ष नकारात्मक प्रभाव त्यहाँ अध्ययनरत विद्यार्थीहरुमा परेको छ । विश्वविद्यालय सामु समग्र देशकै कृषि शिक्षा नीति निर्माणको अग्रसरता लिने देखि आन्तरिक रुपमा केन्द्रिय क्याम्पस, आंगिक कलेजको स्तरोन्नति एव क्षमता अभिवृद्धि गर्दै निजि कलेजको प्रभावकारी अनुगमन गर्ने चुनौतीहरु रहेका छन्।

यो संगै हाल वि. वि. अन्तर्गत विभिन्न तह र तप्कामा कार्यरत शिक्षक कर्मचारीको कार्य मुल्यांकन र सो को आधारमा पुरस्कार र थप सहयोग एवं क्षमता अभिवृद्धिको कार्यहरु अगाडी बढाउने कार्यको थालनी गर्ने पर्ने चुनौती पनि विश्वविद्यालय समक्ष रहेको छ।

समस्या नै समस्याको चाँगमा रहेको विश्वविद्यालयमा सुधारको प्रचुर सम्भावना रहेका छन् । अनेकौं बाधा व्यवधानका बावजुद स्थापनादेखि नै विश्वविद्यालय अन्तर्गत धेरै राम्रा कामहरु भएका पनि छन् तर पर्याप्त प्रचारको अभावमा त्यस्ता कार्य सधै ओझेलमा परेका छन्।

अवसर

कोरोना महामारी पश्चातको देशको आर्थिक पुनरुत्थानको लागि देश भित्रै रोजगारीको अवसरहरु सिर्जना गर्न समयानुकुल एवं प्रादेशिक आवश्यकता अनुसारको पाठ्यक्रम बनाई विभिन्न सरकारी, गैर सरकारी एवं निजि फार्म र उद्योगहरु संग समन्वय र सहकार्य गरि विद्यार्थीको सिप अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।

योसँगै प्रादेशिक सरकार एवं स्थानीय निकायसँगको समन्वयमा आंगिक कलेजको पूर्वाधार निर्माण एवं क्षमता अभिवृद्धिको कार्यक्रम अगाडी बढाउनु पर्ने देखिन्छ । सँग सँगै केन्द्रिय क्याम्पसको स्नातकोत्तर एवं विद्यावारिधि कार्यक्रम कृषक समस्या सँग प्रत्यक्ष जोडिएर र अझ अनुसन्धानमुखी बनाएर अझ परिणाममुखी तवरले संचालन गर्नुपर्ने आवश्यकता रहेको छ।

विद्यार्थी एक्चेन्ज, फ्याकल्टी एक्सचेन्ज, छोटो अवधिको तालिम, पुनर्ताजगी तालिम, शैक्षिक स्तरोन्नतिको निम्ति पहल मार्फत हाल भएको जनशक्तिको क्षमता अभिवृद्धि गरि गुणस्तरीय शिक्षा प्रदान गर्नु अबको दिनमा विश्वविद्यालयको चुनौती रहेको छ।

व्यवहारिक ज्ञान प्रवाहका लागि प्रयोगात्मक एवम व्यवसायिक कृषिमा जोड दिदै विद्यार्थीहरुलाई थप अवसरको ढोका खोल्न सक्ने गरि तयार गर्ने अवसर पनि विश्वविद्यालयको काध मै छ । भोलिको कृषि क्षेत्रका अब्बल व्यवसायी उत्पादन गर्न हाल विश्वविद्यालय अन्तर्गत रहेका फर्म हरुमा उन्नत प्रविधि प्रदर्शन एवं त्यसलाई सिकाई केन्द्रको रुपमा विकास गरि विद्यार्थी मात्र नभई देशभरीबाट त्यहाँ आउने कृषकलाई तालिम समेत दिन सकिने आधारहरु छन् ।

बढ्दो कृषि औजारको प्रयोगका बीच कृषि इन्जिनीयरिंग बिषय पनि तत्काल संचालनमा ल्याएर कृषि औजार संचालन तालिम एवं प्रदर्शन केन्द्रको रुपमा अहिले प्रयोगविहीन भएका जग्गाहरूलाई प्रयोग गर्न सक्ने प्रशस्त आधारहरु रहेका छन् । बेला/बेलामा कृषक र अध्ययनरत विद्यार्थी बिचमा साक्षात्कारको लागि, हालै विकास भएका कृषि प्रविधि प्रदर्शन लगायत कृषकको समस्या लिन सक्ने गरि कृषक मेलाको आयोजना गर्न सकेमा त्यसले सम्पूर्ण विश्वविद्यालयलाई नै चलायमान बनाउने कुरामा कसैको दुई मत होला जस्तो लाग्दैन ।

समस्या नै समस्याको चाँगमा रहेको विश्वविद्यालयमा सुधारको प्रचुर सम्भावना रहेका छन् । अनेकौं बाधा व्यवधानका बावजुद स्थापनादेखि नै विश्वविद्यालय अन्तर्गत धेरै राम्रा कामहरु भएका पनि छन् तर पर्याप्त प्रचारको अभावमा त्यस्ता कार्य सधै ओझेलमा परेका छन्।

नयाँ शैक्षिक कार्यक्रम थप सँगै बीउ बिजन उत्पादन, प्रशोधन र बिक्रि, धेरै कृषक उपयोगी प्रविधिको विकास, लामो अवधिको अनुसन्धानको सुरुवात र निरन्तरता, जिर्ण शैक्षिक भवन र प्रयोगशालाको मर्मत सम्भार, विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय सेमिनारको आयोजना, कृषि शिक्षा निति सम्बन्धि गोष्ठी आयोजना, नेपाल सरकारको सहकार्यमा विद्यार्थी इन्टरन कार्यक्रम, प्रयोगशाला स्थापनाको सुरुवात लगायतका कार्यहरु पनि भएका छन्।

दृढ इच्छाशक्ति र सबल नेतृत्व मार्फत विश्वविद्यालयको समुल सुधारसँगै कृषि शिक्षाको क्षेत्रमा युगान्तकारी परिवर्तन आजको आवश्यकता हो र स्थापनाको औचित्यता पुष्टि गर्न विश्वविद्यालयले आगामी दिनमा थप क्रियाशीलता साथ अगाडी बढ्नु पर्ने देखिन्छ।


  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

1 COMMENT

  1. Afai dhami afai jhakri bhanchan…testai ho yo lekh…pahilo kuro ta lekhak swoyam lecturer huna layek ka manche hainan…Rampur ma rajniti garera lecturer bhayeka hun….teha bahek aru thau hunthyo bhane yini prasa/na-prasa ko taha ma pani bikna garho parthyo. Kinaki batch kai sabaibhanda gawar manche haru lecturer bhayeka chan….aru kuro ta k garnu….mathi ullekhit sabai samasya yestai nalayak haru bibhinna pad ma pugepachi bhayeko cha. Srimati lai prashasakiya adhikrit banayo, bholi chora/chori lanthu bhaye pani jaso taso staff quota ma Bsc ra MOU ko naam ma MSc sakkaidiyo…ani tei party ko jhanda ma pradhyapak sanathan ko naam ma rajneeti garyo….ani uslai ni lecturer banayo…wa kya kaida….Yesta lanthu le magazine ma article lekhna bhanda….euta peer-reviewed article lekhna challenege dinchu…kunai policy level ma change garna sakne critical article lekhna aaucha hola ra yesta lai? Pakkai aaudaina……………. Its sad. My words are derogatory but its the truth of this place 😥😥

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here