कृषि विकास बैंकमा रोजगारको अवसर, माग्यो ९ सय ३ जना कर्मचारी

काठमाडौं, चैत २१

कृषि विकास बैंकले दुई वर्षकालागि ९ सय ३ जना सुरक्षाकर्मी माग गरेको छ । बैंकले केन्द्रीय तथा क्षेत्रीय कार्यालयको लागि २ सय १५ जना कमाण्डर र ६ सय ८८ जना गार्डको माग गरेको हो ।

नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनी तथा फर्मले सिलबन्दी प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ । सिलबन्दी बोलपत्रकालागि इच्छुक कम्पनीले बैशाख २० गतेसम्म ५ हजार रुपैयाँ सहित इ बिडिङ मार्फत प्रस्ताव पेश गर्न सक्नेछन । सुरक्षा गार्डको लागि २५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ ।

error: Content is protected !!