व्यवसायिक कृषि उन्मूख फलेवास नगरपालिका

  •  
  •  
  •  
  •  
  •  
  •  

पवर्त, वैशाख ६ –

फलेवास नगरपालिकाका कृषकहरुलाई व्यवसायिक बनाउन कृषिकर्ममा आवश्यक उपकरण अनुदानमा वितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको बजेट मार्फत कृषकहरुलाई खेत जोत्ने हाते ट्याक्टर, घाँस काट्ने मेसिन, कुटानी पिसानी मिल, मकै छर्ने मेशिन बितरण गरेको हो ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि अनुदानका यान्त्रिक सामाग्री बितरण गरेको हो । नगरपालिकाका अनुसार हाते ट्याक्टर ११ वटा, कुटानी मेशिन १४ , घाँस काट्ने मेशिन १ वटा बितरण गरिएको फलेबास नगरपालिकाका कृषि शाखा प्रमुख नारायण शर्मा पौडेलले जानकारी दिनुभयाे ।

कृषकहरुको मागको आधारमा कृषकहरुलाई अनुदानमा सामाग्री बितरण गरिएको उहाँले बताउनुभयाे । गएको कार्तिकमा सूचना प्रकाशित गरेर नगरपालिकाले माग संकलन गरेको थियो । सोहि मागका आधारमा अनुदानमा सामाग्री प्रदान गरिएको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले जानकारी दिनुभयाे । कृषिमा यान्त्रिककरण र परम्परागत कृषि प्रणालीमा आधुनिककरण गर्न नगरपालिकाले अनुदानका बिभिन्न कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षमा १ करोड ६० लाख रुपैयाँको अनुदान सम्झौता गरिसकेको छ । अनुदान सम्झौता भएका कृषकहरुलाई किस्ता किस्तामा सामाग्री र आवश्यकिय सहयोगहरु दिँदै जाने योजना रहेको मेयर शर्माले बताउनुभयाे ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!