ज्ञान केन्द्र र प्राङ्गारिक संघ चितवनकाे पहलमा सुरु भयाे अर्गानिक उत्पादनकाे बजारीकरण

  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचानसहितको बजारीकरण थालिएकाे छ । भरतपुरमा मंगलबार आयोजित कार्यक्रममार्फत् कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक संघ चितवनले प्राङ्गारिक उत्पादनको पहिचानसहितको बजारीकरण अभियानको घोषणा गरेका हुन् । कार्यक्रममा प्राङ्गारिक उत्पादनको लोगोसमेत सार्वजनिक गरिएको छ । अबदेखि एउटै लोगोमा जिल्लामा उत्पादन भएको अर्गानिक वस्तु बजारमा जाने र उपभोग्य वस्तु चिन्न सहज हुने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयाे ।

‘यसको प्रमाणीकरणमा जान चाहने किसानले पेस गरेको विवरण फिल्ड अनुगमन र परीक्षणपछि प्रतिवेदन तयार गरिन्छ’ उहाँले भन्नुभयाे । पहिलो चरणमा जिल्ला प्राङ्गारिक सङ्घ चितवन (पीजीएस) र दुई प्राङ्गारिक उत्पादन खरिदकर्ताबीच सम्झौता गरिएको छ ।

पहिलो चरणअन्तर्गत भरतपुर १० स्थित डोको नाम्लो किसान घर र भरतपुर– १० स्थित शिखर खाद्य कुन्ज भान्सानै औषधालय थानिचोकसँग सम्झौता गरिएको छ । अर्गानिक वस्तु खरिदका लागि कालीमाटी फलफूल तथा तरकारी थोक बजारको औसत मूल्यलाई आधार मानिने बताइएकाे छ । अभियान सफल बनाउन लागि कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, स्थानीय तह र कृषि विकास निर्देशनालयले अनुगमन गर्नेछन् ।

उत्पादनलाई बजारसँग जोड्ने यो अभियानको सुरुवात गरेकाे प्रमुख ढकालले जानकारी दिनुभयाे । अनुसन्धानकर्ता तथा अग्रज किसान डा. भानिश्वर पोखरेलले धेरै लामो समयदेखि बहसमा आएको कुरा आजदेखि औपचारिक शुरुवात भएकोमा खुशी व्यक्त गर्नुभयाे । उहाँले अर्गानिकको गुणस्तरमा शंका गर्नुपर्ने अवस्था नरहेको पनि बताउनुभयाे ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले यो अभियान सफल बनाउन सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे ‘बजारका कस्मेटिक वस्तुले हाम्रो स्वास्थ्य बिगारेको छ । यो लोगो अंकित स्टिकर टाँसेको उपभोग्य वस्तुले उपभोक्ताालाई ढुक्क बनाउनेछ । यो स्टिकर टाँसेको उत्पादनमा रासायनिक विषादीको अवशेष भेटिने छैन ।’

क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले यो अभियानमा होटल व्यवसायीले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे ‘हप्ताको एक दिन व्यवसायीले अर्गानिक उत्पादन लिने वातावरण बनाउने छौं ।’


  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here