दुई वर्षसम्म खाद्यान्न आयातमा रोक लगाउनुपर्छ : कृषि मन्त्री खनाल

  •  
  •  
  •  
  •  
  •  
  •  

भैरहवा, चैत १७ –

कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले देशलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ ।

उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खनालले आयात–निर्यातको खाडल बढ्दै गइरहेकाले त्यसलाई साँघुरो बनाउन कृषिमा चक्लाबन्दी गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भूउपयोग नीति बनिसकेकाले त्यसलाई कार्यान्वयनमा ल्याउन ऐन तथा नियमावली बनाउन आवश्यक रहेको मन्त्री खनालले बताउनुभयो ।

‘अव्यवस्थित तथा अनियन्त्रित रुपमा भएको जग्गा खण्डिकरणलाई रोक्न पनि भूउपयोग नीतिको कार्यान्वयन अहिलेको आवश्यकता हो’, उहाँले भन्नुभयो– ‘अहिलेको जस्तै आयातमुखी अवस्था रहे सन् २०३० भित्रै मुलुकमा खाद्य संकट पर्छ ।’ कृषियोग्य जमिनलाई बाँझो राख्नेलाई अव नयाँ नीति बनाएर कारबाही गर्ने उहाँले बताउनुभयो ।

‘अहिले नेपालमा आयात र निर्यातमा ठूलो अन्तर पर्दै गइरहेको छ, यो देशका लागि राम्रो संकेत होइन’, उहाँले भन्नुभयो – ‘अब पनि हामीले वैज्ञानिक कृषि प्रणलीलाई अवलम्बन नगर्ने हो भने देशको भविष्य कता जान्छ ।’ उहाँले अहिले मुलुक गहुँ र अन्डामा आत्मनिर्भर रहे पनि अन्य सबै क्षेत्रमा परनिर्भर भएको बताउनुभयो ।

‘साँच्चिकै हामीले देशलाई समृद्धिसँगै आत्मनिर्भर बनाउन चाहेका छौं भने दुई वर्ष अत्यावश्यक वस्तुबाहेकका सबै वस्तुहरु आयतमा रोक लागाउन सक्नु र्पछ’, मन्त्री खनालले भन्नुभयो– ‘नेपालको समृद्धिका आधार भनेकै कृषि, जलस्रोत र पर्यटन हुन्, यी क्षेत्रलाई प्राथमिकता राखेर अबको बाटो तय गर्नुपर्छ ।’

उहाँले वर्तमान सरकारले क्षणिक समयका लागि निर्णय गरेर लोकप्रिय नबन्ने बताउँदै मुलुकलाई स्थायित्व र दीर्घकालीन प्रभाव पार्ने खालमा निर्णय मात्रै गर्ने बताउनुभयो । ‘अहिलेको सरकारले लोकप्रियताका लागि मात्रै निर्णय गर्दैन । निर्यातमुखी व्यापार प्रवद्र्धनको निर्णय गर्छ’, उहाँले भन्नुभयो– ‘जबसम्स जनताले घर–आँगनमा परिवर्तनको अनुभूति गर्दैनन्, तबसम्म जस्तोसुकै निर्णय र काम गरे पनि त्यसको प्रभावकारिता रहँदैन् ।’

‘आर्थिक, औद्योगिक, पर्यटन र कृषिमा प्रवल सम्भावना भएको रुपन्देही जस्तो जिल्ला पनि आयातमुखी भएको छ’, उहाँले भन्नुभयो– ‘अब पनि उद्योग, पर्यटन र कृषि क्षेत्रमा राम्रो प्रगति गर्न सकिएन भने हाम्रो मुलुकको अवस्था कस्तो होला एकपटक कल्पना गरौं ।’


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!