किसानको वर्गिकरण गरेर अनुदान दिन्छौ : मन्त्री खनाल

  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदिप पौडेल / कृषिडेली ।

चितवन, वैशाख २२ –

कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले किसानको वर्गीकरण गरेर कृषि अनुदान दिनुपर्ने बताउनुभएको छ । चितवन केरा उत्पादक संघको रत्ननगरमा आयोजित चौथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै कृषि मन्त्री खनालले निर्वाहमुखी र व्यवसायिक रुपमा कृषि पेशा गर्ने किसानलाई फरक फरक अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कृषि विकास बैंक मार्फत ६ प्रतिशत व्याजमा ऋण पाउने भएता पनि त्यो कार्यान्वयन नभएको तर्फ इंगित गर्दै मन्त्री खनालले कृषिको स्तर उठाउन भुमी किसान बैंक स्थापना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले वर्षेनी भारतबाट केरा आयात हुँदै आईरहेको भन्दै नेपालमा क्षेत्र विस्तार गरेर उत्पादन बढाउनु पर्ने बताउनुभयो । त्यस्तै, चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले केराखेतीलाई आत्मनिर्भर बनाउन हालको कृषि ब्याजलाई चार प्रतिशतमा झार्नु पर्ने, केरामा लाग्ने भन्सार दर वढाउनु पर्ने, क्वारेनटायन चेकजाँचमा कडाई गर्नु पर्ने लगायका माग गर्नुभएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!