कृषि विकासका लागि काम गर्छु : मन्त्री खनाल

काठमाडौं,

चैत ८ – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले अलैंची खेतीको गूणात्मक विकास र उत्पादनका लागि अलैंची विकास बोर्ड स्थापना गर्न पहल लिने बताउनुभएको छ ।

राजधानीमा अलैंचीको विकासका लागि स्वायत्त निकाय (अलैची विकास बोर्ड) स्थापनाका सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लैजान पहल गर्छु ।’

यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउनुहुँदै मन्त्री खनालले अलैंची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनु पर्नेमा जोड दिनुभयो ।

error: Content is protected !!