लमजुङका किसान अलैँची टिप्न थाले

लमजुङ –

लमजुङका किसान अलैँची टिप्न थालेका छन् । उचाइअनुसार फरक फरक समयमा अलैँची पाक्छ । जिल्लाको माथिल्लो क्षेत्रमा अलैँची असोज लागेपछि मात्रै टिप्ने गरिन्छ । किसान अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । दिनभरी टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउने गरिन्छ । भदौदेखि कात्तिकसम्म अलैँची टिप्ने गरिन्छ ।

जिल्लाका भूलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गाैंडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका किसानले अलैँचीखेती गर्दै आएका छन् ।

Leave a Reply