भाेलीदेखि लमजुङमा अलैँची महोत्सव हुने

लमजुङ –लमजुङमा छैटौं अलैँची महोत्सव हुने भएको छ । क्व्होलासोँथर गाउँपालिका वडा नं ८ घाम्राङमा फागुन २६ र २७ गते अलैँची महोत्सव हुन लागेको हो ।

अलैँची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन लमजुङको आयोजनामा घाम्राङमा अलैँची महोत्सव हुन लागेको हो ।

लमजुङका अलैंची कृषकलाई उत्साहित बनाउन महोत्सव सञ्चालन गर्न लागिएको नेपाल अलैँची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

तामाङका अनुसार ६१ घरधुरी रहेको घाम्राङमा सबै घरधुरीले व्यावसायिक रुपमा अलैँची खेती गरेका छन् । महोत्सवमा कृषक र व्यापारीबीच अलैँचीको मुल्य गिरावटसम्बन्धी छलफल तथा अन्तरक्रिया समेत गरिने छ ।

महोत्सवमा भाग लिन देशभरका विभिन्न १४ जिल्लामा अलैँची कृषकहरु आउने पनि अध्यक्ष तामाङले बताउनुभयो ।

error: Content is protected !!