गहुँको सिन्दुरे रोगको कारक जीवको जीवनचक्र (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

किरण तिमिल्सिना कृषि तथा वन विज्ञान विश्वविद्यालय (कृषि अनुसन्धान इन्टर्न, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना)

सहस्राब्दी समयदेखिको खेति नष्ट गर्दै आएको गहुँमा लाग्ने सिन्दुरे रोगको कारकतत्व एक परिष्कृत जीव हो जसले आजका दिनसम्म पनि गहुँको विश्वव्यापी उत्पादनमा ह्रास ल्याईरहेको छ |

Ug99 समूहका विषाक्त सिन्दुरे जातको उत्पतिले गहुँमा सो रोगको प्रतिरोधात्मक पद्दतिबारे बुझ्नको लागि साथै प्रतिरोधी नयाँ जातको विकास गर्नुपर्ने आवश्यक्तालाई जोड दिएको भएपनि विषाणता कारक तत्वको नयाँ रुपको उत्पति र तीव्र प्रसारले थप नयाँ प्रश्नहरु उजागरण गरिदिएको छ |

नयाँ विषाक्त जात पहिलो चरणमा कसरि उत्पति हुन्छन ? र तीव्र रुपमा एतिहासिक रोगजनक जीवाणुको निरन्तर विकासमा के कारणले योगदान पुगी रहेको छ ? गहुँको सिन्दुरे रोगको नामाकरण डाँठ र पातमा देखिने खैरो खिया रङको ससाना कर्णलाई गरिएको हो जसको विकास संक्रमणको अनुकुलतामा रहेको अति सम्बेन्दनशील पङ्क्तिका गहुँमा हुने गर्छ | संक्रमित गहुँ बालीमा लाग्ने भनिएको रातो खैरो कर्णहरु Puccinia gramininis नामक ढुषीका सुक्ष्मवीज  हुन् जसको कारणले सिन्दुरे रोग पैदा हुन्छ |

एकल फोकारुपी कर्णले दश हजारौ uredinospores नामक सुक्ष्म जीव उत्पादन गर्न सक्छ जसले पुन:अर्को गहुँको बोटमा संक्रमित भई नयाँ संक्रमण फोकरुपी कर्ण उत्पादन गर्न सक्षम हुन्छ | हावाको साहायातामा सम्भवत: नजिकैको अथवा सम्भवत:सयौं र हजारौं माइल्स टाढा सम्म पुगी urediniospore  नयाँ क्षत्रमा संक्रमण पैदा गराउन सक्छन |

गहुँको तन्तु भित्र पसेपछि रोगजन्य ढुषीले बोटको कोषहरूबाट पोषक तत्वहरु सोसी रोग्कारक तत्वहरु हुर्कन्छन र अन्त्यमा urediniosporeको नयाँ पुस्ताको उत्पादन उक्तबोटको तन्तू विस्फोटन भई हुन्छ | साथसाथै नयाँ उत्पादित नयाँ सुक्ष्मवीजको हावामा फैलावट भई अन्य नयाँ ठाउमा पनि संक्रमण गर्दछ | चक्रिय तवरमा यो रोग फैलिरहन्छ | Urediniosporeको नयाँ संक्रमण देखि विषाणुकरण सम्मको लगभग दुई हप्ताको चक्रमा यो रोगको संक्रमण महामारी रुपमा हुन्छ |

बाली क्षेत्रमा उग्र रुपमा सिन्दुरे रोगको आक्रमण एक नाटकीय र विनाशकारी दृष्टि हो तर सम्पूर्ण कहानी चाही हैन | Urediniosporeको चक्रिय संक्रमणको एउटा महत्वपुर्ण पक्ष भनेको यसले प्रतिरुप पद्दतिको आधारमा सुक्ष्म जीवको उत्पादन गर्नु हो | अनियमित उत्परिवर्तन, अनुवंशीक प्रतिलिपिका त्रुटिहरु र सम्भावित दुर्लभ अलैंगिक संकरणको अलवा पनि Urediniospore गहुँको तन्तुमा संक्रमित भई आफ्नै वास्तविक प्रतिलिपिहरू उत्पन्न गराउछन |

Ug99 जस्तो सिन्दुरेको अति विषाक्त वर्गको सुक्ष्मवीज चक्रिय प्रक्रियामा बृद्दी हुँदा एक मौसममानै रोगले विकराल रुप धारण गर्ने भएकोले प्रतिरोधात्मक गहुँको जात विकास र प्रविस्तारण नितान्त आवश्यक रहेको छ |

 

पूर्ण प्रतिरुप प्रक्रियाले नयाँ विषाक्त वर्गको उत्पति बारे व्याख्या गर्न सक्तैन | यसका लागि हाम्रो ध्यान गहुँ बालीबाट यस रोगबारे जानकार हुने गरि परिवर्तन हुन निर्देशकीय छ | गहुँ उत्पादन मौसमको अन्त्यमा गहुँ बालीमा दाना लाग्न सुरु हुन्छ, बोट सुक्न थाल्छ र त्यसपछि मर्छ तर सिन्दुरे रोगको कारक तत्वले भने केहि फरक कार्य गर्दछ |

अधिक Urediniospore उत्पादन गर्नुको सट्टा जाडो मौसम पश्चात यस जीवाणुले काला सुक्ष्मवीज उत्पादन गर्न थाल्दछ | यद्दपी teliospores गहुँ बालीमा संक्रमित नभएपनि दुई कारणले महत्वपुर्ण छन् :पहिलो यिनीहरु गहुँको मरेको डाँठमा स्थीर रुपमा बाच्न सक्छन जुन अधिक संवेदनशील Urediniosporeले गर्न सक्तैनन् |

दोस्रो teliospore अवस्थामा Urediniospore अवस्थाका दुई अगुणित नाभी एक आपसमा मिल्छन | यो नै नयाँ अनुवंशिक भिन्नता सिर्जना गर्ने पहिलो कदम हो साथसाथै सम्भवत: नयाँ विषाक्तता पनि |

Teliosporeको निष्क्रियता तोड्नको लागि चिसो तापमानको अवधि वातावरणीय आवश्यकता हो जसकारण teliosporeअंकुरित भई अर्धसुत्रीय विभाजन प्रक्रियाबाट अगुणित सुक्ष्मवीज basidiospores उत्पादित हुन्छन | अविश्वनीय रुपमा basidiospores गहुँमा संक्रमित हुदैनन् तर नजीक भएको खण्डमा यस्तो प्रजाति जुन गहुँ बाली भन्दा भिन्न काठ भएको वहुबर्षीय चुत्रोको बोटमा संक्रमित हुन्छन |

हावाको साहायतामा गहुँ खेति नजिककैको चुत्रोको बोटमा basidiospores ओसारपसार भई त्यहीं अंकुराउछ्न र चुत्रोको बोटमा संक्रमित भई पातको उपल्लो सतहमा फोकाजस्तै spermagonia बन्दछन् |

यी फोकाहरुले spermatia भनिने प्रजननयोग्य कोशीका उत्पन्न गर्छन, जसले अनुकुल spermagonia भित्र hyphae नामक ग्रहणशील कोशिकालाई उर्वरा बनाउछन् | प्रजननको यो चरणमा पूर्ण रुपमा नयाँ आनुवंशीक संयोजन प्राप्त हुन्छन् |

एकपटक उर्वर भइसकेका hyphae चुत्रोको पात तल बढ्न थाल्छन र अन्तत पातको तल्लो सतहमा आश्चर्यजनक राता फोकाहरु र कयौं आरु र सुन्तला रङका नली जस्ता aecia नामक संरचना उत्पादन हुन्छन | चिस्यानमा उजागर भयपछि aecia हरु खाली आँखाले देख्न सकिने हुन्छन र दृढतापूर्वक डाँठको सिन्दुरेबाट सुक्ष्मवीज रुपी aeciospore निस्कन्छन |

वैकल्पिक बोट चुत्रोमा मैथुनिक पुन: संयोजनको चक्र पुरा गरि आनुवंशीक सामाग्रीको नयाँ संयोजनका साथ यी सुक्ष्म aeciosporesले पुन: एकपटक गहुँ बालीलाई प्रत्यक्ष संक्रमण गर्न सक्छन र यस रोगको आधिकारिक निशान खैरो रातो रङको Urediniospores उत्पादन गर्दछन |

Puccinia graminisको जटिल र अद्भुत जीवन चक्रको अनुशरण गर्दा गहुँको सिन्दुरे रोगसंग स्थ्यायी प्रतिरोध विकासका लागि रोगलाई प्रश्रय दिने प्रथामिक बालीमा मात्र अति प्रतिरोधात्मक क्षमता विकास गर्ने संवेदनशील कार्य गरेर मात्र पुग्दैन, वैकल्पिक आश्रय दिने चुत्रोको प्रसार र कार्यक्षमतामा समेत अनुसन्धान गरि प्राप्त ज्ञानको सदुपयोग सिन्दुरे रोगको पूर्ण जीवनचक्र बुझ्नको लागि गरियो भने यस रोगको उद्गमन र विषाक्त वर्गको अस्तित्वलाई सिमित गर्न सकिन्छ |


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!