अशोक स्तम्भ संरक्षणमा लुम्बिनी विकास कोष जुटेपछि पर्यटक बढे

कपिलबस्तु – तीन दशक देखि जीर्ण अवस्थामा रहेको बुद्धको जन्मस्थल कपिलबस्तुको अशोक स्तम्भ संरक्षण गरिएको छ । कपिलवस्तु नगरपालिका– ९ निग्लीहवामा रहेको अशोक स्तम्भको लुम्बिनी विकास कोषले संरक्षण गरेको हो ।

कोषले ३० लाख बढी बजेट खर्च गरेर स्तम्भलाई आकर्षक बनाएको छ । निग्लीहवा स्थित अशोक स्तम्भ संरक्षण गर्न कोषले ३ जना सुरक्षा गार्ड पनि राखेको छ । पुरातात्विक क्षेत्रमा सूचिकृत निग्लीहवामा बुद्धको दर्शन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संङख्या बढेको लुम्बिनी कोषका कर्मचारी माधव आचार्यले बताउनुभयो ।

गौतम बुद्ध भन्दा अघिका कनकमुनी बुद्धको जन्मथलोको प्रमाण स्वरुप सम्राट अशोकले त्यहाँ स्तम्भ गाडेका थिए । ६ मिटर लामो, ४ मिटर चौडा र ८ मिटर उचाइमा रहेको अशोक स्तम्भलाई सुरक्षित गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

सन् १९८९ मा पहिलो पटक कोषका पुरातत्वविद् वसन्त बिडारीले निग्लिहवाको अशोक स्तम्भको संरक्षण गर्नुभएको थियो । त्यसपछि हाल आएर लुम्बिनी विकास कोषले स्तम्भको संरक्षण गरेको हो ।

error: Content is protected !!