जमिन बाँझो राख्नेलाई कानुन बनाएर कारबाही हुनसक्छ

  •  
  •  
  •  
  •  
  •  
  •  

कास्की,
चैत ६ – प्रदेश नम्बर ४ का कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले जमिन बाँझो राख्न नपाउने नियम बनाउनुपर्ने बताउनुभएको छ ।

कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रालय प्रदेश ४, नेपाल सरकार कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमले सोमबार पोखरामा आयोजना गरेको ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गाउँरशहरका कुनैपनि जमिन बाँझो राख्न नपाउने नियम लागू गरेर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

खाद्य सुरक्षाका लागि उत्पादन महत्वपूर्ण पक्ष भएको बताउँदै उहाँले,’खाद्य सुरक्षाका लागि उत्पादन बढाउनुपर्ने र त्यसका लागि जमिन बाँझो राख्न नपाउने नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री थापाले उत्पादन बढाउनका लागि अब लाखौं युवा कृषक तयार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नभयो’अब लाखौं युवा कृषक तयार गर्नुपर्छ र उनीहरुलाई कृषिमा लाग्नको लागि प्रोत्साहन गर्नुपर्छ ।’

उहाँले जग्गा चक्लाबन्दी गरेर सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने आवश्यक्ता माथि जोड दिनुभयो । उहाँले भन्नुभयो,’अब जग्गा चक्लाबन्दी गर्नुपर्छ, र दुई सय रोपनी, ५ सय रोपनी, एक हजार रोपनी, २ हजार, ३ हजार, ५ हजार, १० रोपनी जग्गामा सामुहिक खेती गर्ने सहकारी कृषि प्रणाली अवलम्वन गर्नुपर्छ ।’

उहाँले कृषिमा भूमी नभएर समस्या देखिएको नभइ प्लटिङ गर्नका लागि हुने जमिन खण्डीकरण समस्याका रुपमा रहेको औंल्याउनुभयो ।

मन्त्री थापाले हरेक नागरिकको पूँजीलाई उत्पादनमा लगाउनै पर्ने नियम बनाउनसके नेपाल आत्मनिर्भर हुने बताउनुभयो । उहाँले प्रदेश नम्बर ४ आगामी ३ वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बन्ने र ५ वर्ष भित्रमा निर्यात गर्न सक्षम हुने दाबी गर्नुभयो ।

मन्त्री थापाले कृषिका लागि बजेट बढाउनु पर्नेमा जोड दिनुभयो । कृषिलाई विशेष जोड दिनुपर्ने आवश्यक्ता रहेको बताउँदै उहाँले भन्नुभयो,’कृषिमा बजेट बढाउनुपर्छ, बास्तविक किसानकोमा राज्य पुग्नुपर्छ ।’


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!