मधुमेहका रोगीलाई भिन्डीको तरकारी निकै लाभदायी

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं –

भिन्डीको तरकारी स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ । यसको तरकारी खाँदा विभिन्न रोगरुबाट टाढा रहन सक्छ । स्वास्थ्य रहन हामीले आफ्नो खानपान मा ध्यान दिन जरुरी हुन्छ । कुन खानको के फाइदा भन्ने जान्न आवश्यक छ ।

भिन्डी खानाले निकै लाभ लिन सकिन्छ ।शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ। मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ।
गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ। साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ। भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन्।

आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ। भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ। क्यान्सरको जोखिम घट्नुको साथै आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ।

क्यालोरी कम हुँदा मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ। शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ। भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!