तरकारी खेतीकाे बीमा गरेर यस्ता फाइदा लिनुहाेस

  •  
  •  
  •  
  •  
  •  
  •  

कृषि डेली । नेपाल कृषि प्रदान देश हाे । नेपालका अधिकांश नागरिक चाहेर वा नचाहेर याे पेशा अगाल्न बाध्य छन । तर पनि नेपालकाे कृषि अाधुनिक तथा व्यवसायिक बन्न सकेकाे छैन् ।

नेपालकाे कृषिलाइ अाधुनिक र व्यवसायिक बनाउनकाे लागि केन्द्र देखि प्रदेश सरकारकाे पनि पहल छ । तर यसकाे सफल कार्यान्वयनका लागि कुनै पनि पक्षबाट ठाेस काम हुन सकेकाे छैन् ।

तर स्वयं किसान पनि अाफ्नाे व्यसायकाे सुरक्षाा र व्यवसायिकतामा सक्रिय छैनन् । अाज हामी तरकारी खेतीकाे बीमाबाट हुने फाइदा जानकारी दिन गइरहेका छाै ।

फाइल तस्विर

बिशेष गरी तरकारी खेतीको बिमा गर्दा बीमकले बीमाको अवधि भित्र तरकारी खेतीको विवरण तालिकामा उल्लेख भए बमोजिमका तरकारी खेतीको क्षती/ हानी नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतीपूर्ती रकम सम्बन्धित पक्षलाई दिने गर्दछ ।

यदि कुनै पनि कारणबस तरकारी खेतीको बिमा अवधिभरी हानी नोक्सानी भएमा लागत मूल्यको अनुसारको क्षतीपूर्ति रकम भुक्तानी गर्न गर्दछ । बीमकले उक्त अनुसूचीमा उल्लिखित बीमाङक रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्नछ ।

१. आगलागी ,चट्याङ
२. भूकम्प
३. बाढी ,पहिरो
४. आधिँबेहरी, असिना, हिँउ वा तुसारो
५. आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु
६. किरा आदिबाट हुने नोक्सानी

तरकारी व्यवसायलाई सुरक्षित र व्यवसायिक बनाउनको लागि पनि तरकारी खेती बीमाको उपलब्धता छ । जसमा सरकारले कृषि क्षेत्रको लागि ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ ।

बिमा समितिले ०६९ साल देखि कृषि बिमा सुरु गरेको हो । समितिले निर्जीबन बीमाको व्यवसाय गर्दै आएका सबै बिमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बिमा गर्न निर्देशन समेत दिएको छ । यसमा सरकार र बिमा समितिले मात्र नभई कृषक आफलै पनि यस्ता कुरामा बुझनु जरुरी देखिन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!