पशुपंक्षीको बीमा रकम कम्पनीले दिन नमानेको किसानको गुनासो

  •  
  •  
  •  
  •  
  •  
  •  

वीराटनगर, चैत २२ – नेपाल अण्डा उत्पादक संघ एक नम्बर प्रदेश समितिले अण्डा उत्पादक किसानहरुको समस्याका विषयमा मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् ।

कुखुराको दानाको मुल्य मनोमानी ढंगले बृद्धि गरिएको, वर्डफ्लु जस्ता महामारीबाट नष्ट भएका कुखुराको बीमा कम्पनीले क्षतिपुर्ति दिन नमानेको गुनासो गरेका छन् । सहुलियत दरमा बैंकहरुले कृषि अनुदान कर्जा दिने भनिएपनि कार्यान्वयन नभएको लगायतका समस्या अण्डा उत्पादक किसानहरुको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले कृषि र कृषकलाइ प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट ल्याउने आश्वासन दिनुभएको छ । भारतबाट कुखुरा र अण्डा आयातमा रोक लगाइएको भएपनि अझै आयात भइरहेकाले स्वदेशी उत्पादन मर्कामा परेको व्यावसायीको गुनासो छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!