कृषि तथा बन बिज्ञान विश्व विद्यालयमा बालि रोग विज्ञान बिभागमा स्नातकोत्तर गरिरहदा मैले चितवनको एउटा जैविक मलखाद एवं जैविक विषादी उत्पादन गर्ने कम्पनीमा काम गर्ने अवसर पाएको थिए ।
आफ्नो अध्ययनको शोधकार्य ट्राईकोडर्मा नामक ढुसिको प्रयोगले बालिका रोगहरुको नियन्त्रणसँग सम्बन्धित भयकाले यस दौरान मलाई ट्राईकोडर्माको (जैविक विषादी) उत्पादन गर्नुपर्दथ्यो । तसर्थ जैविक विषादी उत्पादन कारखानामा मलाई ट्राईकोडर्मा उत्पादनमा सहज हुनु स्वभाविक थियो ।
प्राविधिक सल्लाहकार पदमा रहि काम गरिरहदा जैविक विषादी उत्पादनका अलावा बिभिन्न उत्पादनहरुको बजारिकरणमा पनि मेरो उत्तिकै जिम्मेवारि थियो । कम्पनीको उत्पादनहरु बिक्री वितरण गर्ने देश भरिकै एग्रोभेटहरु र प्रयोग गर्ने किसानहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने सुनौलो अवसर जुर्याे ।
किसानहरुलाई तालिम मार्फत प्राविधिक रुपमा दक्ष बनाउनु तिनीहरुका गुनासोहरु सुन्नु र यथासक्य समाधान गर्नु कृषिको बिद्यार्र्थी हुनुको नाताले मेरा लागि पनि नयाँ कुरा सिक्न पाउने शुभ समय बन्यो । जैविक कृषिको बिस्तार र जैविक उत्पादनलाई प्रोत्साहन गर्ने हेतुले नेपालको पूर्व ईलाम देखि पश्चिम महेन्द्रनगरसम्म एक खालको अभियानकै रुपमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरियो ।
यस दौरान जैविक विषादीको नेपालमा वर्तमान स्थिती यसको प्रभावकारिता र बजारिकरण सम्बन्धी बुज्ने अवसर जुट्यो । औपचारिक रुपमै सर्वेक्षण नगरे पनि निरन्तर किसानको खेतबारी र बजार अनुगमनले जैविक विषादीको वर्तमान र भविष्यको व्याख्या विश्लेषण गर्न केहि हदसम्म भयपनि प्रयास गरेको छु ।
नेपाल सरकार विषादी दर्ता तथा व्यवस्थापन इकाईको सन २०१७ अनुसार नेपालमा विभिन्न ११ प्रकारका जैविक विषादी दर्ता भएका छन भने ७८ प्रकारका बिभिन्न व्यवसायीक नामले बजारमा उपलब्ध छन ।
जैविक विषादीमध्ये Azadirachtin (निमबाट प्रशोधित पदार्थ), Bacillus subtilis 2% AS, B. thuringiensis, Beauveria bassiana, Metarhizium anisopliae, Nuclear Polyhedrosis virus of Helicoverpa armigera, NPV of Spodoptera litura, Paecilomyces lilacinus, Pseudomonas flurorescens, Trichoderma harzianum, T. viride and Verticillium lecani जस्ता विषादिहरु नेपालमा दर्ता भएका जैविक विषादिहरु हुन । यीमध्ये केहि विषादीहरु अहिलेपनि बजारमा सहजै उपलब्ध छन र किसान माझ चर्चित अनि उत्तीकै प्रभावकारी छन ।
उत्पादनको हिसाबले माथीका अधिकांश विषादीहरु नेपाल बाहिरबाट आयात गरिन्छ भने केहि नेपालमै उत्पादन गरेपनि कच्चा पदार्थ नेपाल बाहिरबाटै आयात गरेर उत्पादन गरेको पाईन्छ । यसो त नेपालले पनि रासायनिक विषादीको अनुपातमा जैविक विषादीको आयात हुँदैन भन्दा पनि फरक पर्दैन । सन २०१५र१६ को आकँडा अनुसार नेपालले जम्मा विषादी आयातको ०.०१३ प्रतिशत जैविक विषादी आयात गरेको थियो ।
जैविक विषादीको माटो तथा वातावरणमा पर्ने दिर्गकालीन प्रभाव बारे अधिकांश किसानहरु जानकार नभएकाले जैविक विषादी बिक्रेताको रोजाईमा परेको पनि पाईदैन । जिवहरुको प्रयोग गरि उत्पादन गरिने भएकाले विषादिको प्रभावकारिताको समय वा म्याद थोरै हुने र मूल्य पनि अरु रासायनिक विषादीको तुलनामा बढि हुने भएकाले यसको माग किसान र बिक्रेता दुबैमा न्यून छ ।
म आफै जैविक विषादी उत्पादन गर्ने र बिक्री गर्ने भएकाले बिक्रेताका अनुसार विभिन्न कार्यक्रमको शिलशिलामा वा किसानहरुलाई अनुदानका रुपमा वितरण गरिदा मात्र यस्ता विषादिको माग कि त एन.जि.ओ.र आई.एन.जि.ओ वा सरकारी कार्यालयबाट आउने गरेको बिक्रेताहरु बताउछन ।
शत्रु जिवको सख्या बालीमा कति पुगेपछि विषादीको प्रयोग गर्ने एकिन गर्न नसकेकै कारण किसानहरु जैविक विषादीको प्रयोगमै अल्मलीने भएकाले यसको प्रभावकारी प्रयोग हुन सकेको छैन । त्यसैले कृषि प्राविधिक भएकाले भन्दा तितो तर सत्य पनि के हो भने रसायनिक विषादीको तुलनामा वातावरणीय दृष्टिकोण हेर्दा फलदायी मानिएपनि तत्कालिन प्रभावकारिताको हिसाबले जैविक विषादीले किसानहरुलाई सन्तुष्ट भने पारेको देखिदैन ।
नाम नै तोकेर भन्नु पर्दा नेपालमा अहिलेको सन्दर्भमा सम्पूर्ण जैविक विषादीमध्ये किसानमाझ सबैभन्दा चर्चीत विश्वासिलो र प्रभावकारी जैविक विषादीमा निमबाट प्रशोधित Azadirachtin जन्य झोल (जुन विभिन्न ६० भन्दा बढि बालीमा लाग्ने किराहरु नियन्त्रण गर्नका लागि प्रयोग गरिन्छ) र ट्राईकोडर्मा नामक ढुसीजन्य जैविक विषादी (जुन झोल तथा पाउडर दुवैमा बजारमा उपलब्ध छ) हुन ।
निमजन्य विषादीको विशेष गरि नेपालको पश्चिम भागमा बढि माग देखिन्छ यसका लागि नेपालकै केहि कम्पनीले प्रसारमुखी सेवा दिएकाले पनि सम्भव देखिएको हुनसक्छ । मध्यम खालको प्रभावकारिता देखाएको निमको झोल नेपाली कम्पनिहरुले ३००० देखि ६००० पि.पि.एम (पाट्स पर मिलि लिटर) र विदेशी कम्पनीहरुले ६०००० पि.पि.एम सम्म उत्पादन गरेर बजारमा ल्याएका छन ।
विभिन्न ढुसिजन्य रोगको नियन्त्रणका लागि प्रयोग गरिने यो नेपालमा अदुवाको राइजोम कुहिने रोग, बिभिन्न तरकारिका माटोजन्य रोगहरुको नियन्त्रणका लागि बढि प्रयोगमा आएको पाइन्छ । अधिकांश किसानहरुमा अहिले पनि निमको विषादी किराहरु मार्नको लागि प्रयोग हुन्छ भन्ने छ उनीहरुमा निमको झोलले शत्रु किरालाई भगाउने काम गर्दछ भनी जानकार गराउनु प्राविधिकहरुको जिम्मेवारि हो । यसले किसानहरुको जैविक विषादिप्रतिको अपेक्षालाइ सन्तुलनमा राख्दछ ।
नेपालमा धेरै संख्यामा किसानहरुको जमिनको स्वामित्व १ हेक्टर भन्दा कम भएकाले जैविक कृषी उपज उत्पादन र यसको भविष्य उज्वल छ । जैविक कृषि विधि सस्तो र सजिलो भएकाले पनि साना किसानहरुलाइ यस तर्फ आकर्षित गर्न सकिन्छ ।
सस्तो यस अर्थमा कि प्राङगारिक मल र रोगकिरा नियन्त्रणका लागि घरेलु विधि वा बानस्पतिक विधीको प्रयोग रासायनिक मल र विषादीको तुलनामा सस्तो पर्ने भएकाले यसको प्रोत्साहनको लागि किसानको सिपको विकास र जैविक कृषिका लागि आवश्यक कच्चा पदार्थहरु जस्तै जैविक मल, जैविक विषादी आदिको उपलब्धता सरकारको पहलबाट मात्रै सम्भव देखिन्छ ।
किसानका जैविक फसलहरुलाई सस्तो र सरल तरिकाले जैविक प्रमाणीकरण गरि प्रमाणपत्र प्रदान गर्नाले पनि किसानहरुको यस प्रतिको आकर्षण बढ्ने देखिन्छ । जैविक विषादीको प्रवर्धनका लागि जैविक विषादीमा अझ अनुसन्धान गरि अनुसन्धान निकाय र प्रसार निकायको समन्वयकारी भूमिका अपरिहार्य छ ।
नेपाल जस्तो विकासउन्मुख देशमा जैविक विषादी उत्पादनमा अनुदान, किसानका लागि न्यून मूल्य निर्धारण, सहज एवम गुणस्तरिय उपलब्धताले किसानहरुलाइ जैविक विषादी प्रयोगका लागि प्रेरित गर्दछ ।
- लेखक प्रेम पाण्डे सुदुरपश्चिम विश्वविद्यालय, टिकापुर, कैलालीमा कृषि सङ्काय अन्र्तगत, बाली रोग विज्ञान विभागमा उप–प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ ।
Provision of study materials or patients Kelly Anne Phillips, Matti A priligy uk Kava is a member of the pepper family and contains psychoactive kava pyrones
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Structural analysis [url=https://fastpriligy.top/]priligy amazon canada[/url] Estimation of the dietary requirement for vitamin D in free living adults 64 y of age
Melatonin improves sleep wake patterns in psychomotor retarded children cytotec generic name