चितवनमा बर्डफ्लु भेटियो, मासु खादा सर्तकता अपनाउन चिकित्सकको सुझाब

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन,जेठ ४ –

चितवनमा बर्डफ्लु भेटिएको छ । खैरहनी नरगपालिका ९ सुर्तनीका स्थानीय किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मेरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिनुभयो ।

चौधरीले एउटै फर्ममा १५ सय लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही बैशाख १४ गते जाँचका लागी भरतपुरमा रहेको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो ।

परीक्षणमा एच. एन. (एभिएन इन्फ्लूएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको चापागाईले बताउनुभयो । चौधरीले पालेका सबै १५ सय कुुखुरा मरिसकेका छन् ।

राजन चौधरीको खोर संगै जोडिएको लक्ष्मण चौधरीको खोरका कुखुरा पनि धमाधम मर्न थालेपछि परिक्षणका लागी सेम्पल पठाइएको छ । त्यसको रिपोर्ट भने अझै आएको छैन् । यसैबीच बर्डफ्लु पुष्टि भएपछि खैरहनी ९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ ।

उक्त क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षीको सुरक्षितरुपमा नष्ट गरिएको छ ।

यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोरहरु सफा गर्न पालक किसानसमक्ष अनुरोध गरेको छ । यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यलयले आग्रह गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!