चितवनको रत्ननगरमा देखिएको रोग बर्डफ्लु नभएको पुष्टी

प्रदिप पौडेल/कृषि डेली ।

चितवन, चैत २४ – चितवनको रत्ननगरमा कुखुरामा देखिएको रोग वर्डफ्लु नभएको पुष्टी भएको छ । चितवनको रत्ननगर–१५ स्थित माधपपुरको लामिछाने पोल्र्टी फार्ममा गत शुक्रबारदेखि अण्डा उत्पादन गरिरहेका लोमेन जातका लेयर्स कुखुरा एकाएक मर्न थालेपछि बर्डफ्लु भएको आशंका गरिएको थियो ।

तर केन्द्रीय पशु रोग अन्वेशण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको रोग परीक्षणको नमुनाबाट भने बर्डफ्लु नभएको र उक्त रोग ‘कमप्याथोजेनिक एभिएन इन्फुलुन्जा एच नाइन’ भएको पुष्टी भएको जानकारी प्राप्त भएको राष्ट्रिय पंछीरोग अन्वेशण प्रयोगशाला भरतपुरका वरिष्ठ पशु चिकित्सक दयाराम चापाँगाइले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो एक किसिमको भाइरल रोग हो । यसले छिटो छिटो आफ्नो रुप परिर्वतन गर्दछ र यसलाइ रोक्ने भ्याक्सीन तयार गर्न बैज्ञानिकहरुले हालसम्म सकेका छैनन् यसलाई रोक्न किसान नै सचेत हुनुपर्छ।’ सामान्यतया यस रोगको मृत्युदर ८ देखी १० प्रतिशत हुने गरेको पाइन्छ तर उक्त फार्ममा भयानक रुप देखिनु एक अध्ययनको विषय बनेको उहाँले बताउनुभयो ।


फर्ममा अनौठो ढंगले कुखुरा मर्न थालेपछि परीक्षणको लागि राष्ट्रिय पंछीरोग अन्वेशण प्रयोगशाला भरतपरका पशु चिकित्षक इन्दु राय यादव, प्राविधिक राधा भुषाल भण्डारी लगायतको टोली शुक्रबार फार्ममा जानुभएको थियो ।

रोग लाग्नु किसानको कमजोरी

रत्ननगरको पोल्टि फार्ममा कुखुरामा देखिएको रोग किसानको कमजोरीका कारण भएको चिकित्सकले बताएका छन् । ‘लामिछाने पोल्र्टीको बस्तुस्थिति हेर्दा बाटो सँगै जोडिएको खोर छ, सरकारी मापदण्ड अनुसार दुइ खोरकोबिचको दूरी ८ देखि १० मिटर दुरी कायम हुनुुपर्छ त्यो अबलम्बन गरिएको छैन ।

खोरमा मान्छेको आवतजावत बढी देखिन्छ, खोरमा पर्याप्त तारबार छैन । खोरसँगै रुखहरु छन् जसले गर्दा जँगली पंछी बाट रोग सर्न सक्ने खतरा हुन्छ । बस्ने घर र खोर सँगै छ ।’ चिकित्सकले भने यसको मात्र कुरा होइन् चितवनका अधिकांस फार्महरुले जैविक सुरक्षा र सरकारी मापदण्डलाइ पनि ध्यान दिएको पाइँदैन ।

error: Content is protected !!