चितवनको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशाला प्रयोगमा आएको छ । प्रयोगशालाको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ ।

भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा स्थापना गरिएको प्रयोगशालाको मंगलबार प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नुभयो । प्रयोगशालाको उद्घाटन लगत्तै बजारमा ल्याइएका तरकारी तथा फलफूलको परीक्षण पनि शुरु गरिएको बजारले जनाएको छ ।

प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र चितवन र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो ।

प्रदेश सरकारले चितवनमा जस्तै हेटौंडा, ललितपुर, नुवाकोट र काभ्रेको कृषि ज्ञान केन्द्रमा पनि प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

प्रदेश नम्बर ३ का विभिन्न पाँच स्थानका लागि खरिद गरिएको प्रयोगशाला उपकरणका लागि एक करोड ८० लाख रुपैंयाको लागत लागेका बताइएको छ ।

यो प्रयोगशालाको परीक्षण विधिलाई ‘आरबिपिआर’ भनिने कृषि ज्ञान केन्द्र चितवनका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले जानकारी दिनुभयो । यो परीक्षणमा ३५ प्रतिशतभन्दा कम विषादी देखिएमा खानयोग्य हुने उहाँले बताउनुभयो । ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्दा बढी भएमा खानका लागि अयोग्य हुने उहाँको भनाई छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here