कोरोनाका कारण एफयूका प्राध्यापक ओझाको निधन

  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक विष्णुराज ओझाको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको छ ।

वि.स. २०१९ साल फागुण १८ गते लमजुङ जिल्लाको दुराडाँडामा जन्मनुभएका ओझा २०४८ सालदेखी कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसबाट सहायक प्राध्यापक भएर शिक्षण पेशामा लाग्नुभएको थियो । ओझा हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनको कृषि संकायको सहायक डीन पनि हुनुहुन्थ्यो । फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका ओझालाई ४१ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । उहाँको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा शुक्रबार बिहान ३.४५ बजे  मृत्यु भएको हो । ओझाका एक छोरा र एक छोरी हुनुहुन्छ ।


  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here